दमौली/नेपाली काँग्रेसको १४औं अधिवेशन सुक्रबारबाट काठमाण्डौमा शुरु हुँदैछ । वर्तमान सभापति शेरबहादुर देउवालाई नेपाली काँग्रेसको नेतृत्वबाट विदा दिनु पर्ने निष्कर्षमा पुगेका रामचन्द्र पौडेल, प्रकाशमान सिं, शशांक कोईराला, शेखर कोईराला बीचबाट सर्वसम्मत एक उम्मेदवार चयन गर्नै सकस भएको छ । बुधबार साँझसम्म सिं निवास चाक्सीबारीमा गरेको प्रयास पनि विफल भएपछि रामचन्द्र पौडेलले राजनीतिक सन्यास लिने घुर्की लगाएको काँग्रेसका नेताहरु बताई रहेका छन् ।
नेपाली काँग्रेसका नेताहरु शेरबहादुर देउवा र रामचन्द्र पौडेलले प्रतिशोष साध्न सफल भएपनि उपयुक्त समयमा उपयुक्त निर्णय लिन नसक्ने बुझेका दूरदर्शि नेता गोविन्दराज जोशीले धेरै समय अगाडि १४औं अधिवेशनले नेपाली काँग्रेसको दोस्रो नेता विमलेन्द्र निधिलाई स्थापित गराउने बताएका थिए । बुधबार अवेरसम्मको प्रयास असफल भएपछि पत्रकारको जिज्ञासा मेटाउन नसकेर नेताहरुमा देखिएको भागाभाग र निराशाले १४औ अधिवेशनको विजेता र उपविजेता पनि संस्थापन समूहकै हुने संकेत गरेको छ । त्यो शेरबहादुर देउवा र विमलेन्द्रनिधि नै विजेता र उपविजेता बन्ने अवस्था हो । यो परिणामको संकेत धेरै समय अगाडि गोविन्दराज जोशीले सार्वजनिक रुपमा भविष्यवाणी गरेका थिए । नेपालको राजनीतिको गन्तब्यलाई बुझेर ठीक समयमा सही कदम चाल्न सफल भएकै कारण चौतर्फि आक्रमणमा परेका जोशी १८ बर्ष नेपाली काँग्रेस र सरकारको नेतृत्व बाहिर परेका थिए ।
संस्थापन इतर समूह सकसमा जोशी कथन भविष्यवाणी सावित हुने संकेत
previous post