संघर्षले नै समाजको रुपान्तरा गराउँछ । संघर्षको पूलकारण आर्थिक स्रोतको असमान वितरण हो । यो प्रक्रिया कुनैपनि समाजमा निरन्तर चलिरहन्छ । मानिसले इतिहासको निर्माण स्वयं नै गरेको हुन्छ । सामाजिक जीवन मानिसको चेतनाको उपज हो । समाजमा रहेका अनेकौं स्वार्थ, वेमेल र अभाव अन्तरविरोधका कारण संघर्ष उत्पन्न हुन्छ । यस्तै प्रक्रियाले गर्दा सिंगो समाज संन्तुलित अवस्थाको रुपमा रहन सक्दैन । वास्तवमा उत्पादन व्यवस्थाको परिवर्तित स्वरुपसंगै सामाजिक रुपान्तरणको प्रक्रिया शुरु हुन्छ । समाज र सांस्कृतिक व्याख्या गर्दा स्रोतको अवस्थीति, वतरण प्रणाली र त्यस माथिको पहूचको राम्रोसंग विश्लेषण गर्नुपर्दछ ।
नेपालमा अविकासको र्सजना हुनुमा भारतसगको असमान आर्थिक सम्बन्ध, नेपाली युवा भारतीय बजार र अनय मुलुकमा पलायन, सरकारको शोषकिय प्रवृत्ति जिम्मेबार रहेको छ । विकासको प्रत्येक योजना, कार्यक्रम र कार्यान्वयनका सवालमा स्थानीय समुदायको प्रत्यक्ष हार्दिक सहभागिताले मात्र समस्याको पहिचान, प्रभावकारी योजनाको निर्माण तथा उत्साहवर्धक कार्यान्वयनबाट मात्र आर्थिक प्रगति हुन सक्छ । विकासको प्रक्रियाबाट गरिब समुदायको समस्याहरुलाई हटाउन सकिन्छ । सम्पन्न राष्ट्रले विपन्न राष्ट्रलाई आफ्नो हित अनुकाुल सहयोग र समर्थन गरेका छन् । जुन गरिब राष्ट्रको अविकासको कारण बनेको छ । विदेशी राष्ट्रबाट नेपालीहरु ठगिएको महसुस गरेका छन् । नेपालका दुर्गम पहाडी भेगका जनताको जीवनस्तर अत्यन्तै नाजुक अवस्थामा पुग्नेवाला छ । यस्तो अवस्थामा सामाजिक विद्रोहको सम्भावना बढी हुन्छ । नेपाली राज्य संयन्त्रको पूर्वाग्रही व्यवहारका कारण नेपाली समाज आज द्वन्दमा फसेको छ । सरकारी राजनैतिक संरचनाका बीच विरोधाभाष (paradox) स्थिती देखापरेको छ ।
बर्तमान विश्व एक अर्थतन्त्र (single world economy) मा आधारित छ । वस्तु र सेवाको आदान प्रदानले सामाजिक आर्थिक अवस्थाको परिवर्तनलाई इंगित गर्दछ । विश्वव्यापी श्रम विभाजनको विकास भएको छ । नेपाली युवाहरु अन्तर्राष्ट्रिय बजारमा सस्तो श्रम बेच्न बाध्य छन् । बर्तमान समयमा नेपालजस्ता देशका अर्थशास्त्रीले गरिब राष्ट्र किन र कसरी शोषणमा परेका छन् भन्ने अध्ययन गर्न जरुरी छ ।
नेपालको अर्थव्यवस्थामा राज्यको नियन्त्रण निकै कमजोर र शक्तिहिन देखिन्छ । नेपालको विकासमा विकसित राष्ट्रको सहयोगमा शोषणको जालो फालिएको छ । राष्ट्रको अर्थतन्त्र औपनिवेसिक शोषणमा निहित छ । शोषण प्रणालीकै कारण गरिब राष्ट्र झन गरिबीको गहिराइमा धकेलिएका छन् । विकसित राष्ट्र औद्यागिक लागानीका लागि सस्तो कच्चा पदार्थ आफ्नो पकडमा पार्न सफल भएका छन् । तिनको बदलामा महँगा तयारी बस्तु तिनै गरिब मूलुकहरुमा निर्यात हुन पुग्दा आर्थिक असन्तुलनको स्थिती जटिल बन्दै गएको छ । बर्तमान समयमा नेपालको व्यापार घाटा भारत र चीन दुबै देशसंग बढ्दो क्रममा छ । सुधार गर्ने राष्ट्रिय अर्थनीति (national economic policy) सरकारबकाट ल्याउन असफल भएको छ । महंगी र भ्रष्टाचारले देशको अर्थव्यवस्था धरासायी बन्दै गएको छ । आफ्नो देशको विकासका आर्थिक र राजनैतिक कार्य सञ्चालन गर्न सकेका छैनन् । जसबाट परनिर्भरता बढेको छ । विश्वका धनी देशले गर्ने लगानी रकम तिनै गरिब देशहरुमा लगानी गरेर कमाएको आर्थिक संचितीको सानो भाग मात्र हो । जस्तै चीनका राष्ट्रपतिको नेपाल भ्रमणमा नेपाल सरकारले २० करोड खर्च ग¥यो । प्राप्त सहयोग ५६ करोड, आर्थिक परनिर्भरताको राम्रो उदाहरुण हो । तसर्थ यस्तै यस्तै सहयोगको हात थाप्दा थाप्दै हाम्रो देशको वाह्य अर्थतन्त्रमा पकड रहेकै छैन । अब भन्नुहोस्, विकासको जग कसरी बस्दछ ? तसर्थ स्वाबलम्बी आर्थिक योजनाको निर्माण गरौं । विकास गर्न कुनै कठिन संघर्ष गर्नु पर्दैन । लौ त सुधारको कामना !