बाबुराम खनाल
कलेस्ती/हिन्दु महिलाको महान पर्व हरितालिका तीजको अवसरमा कलेस्ती उपत्यका विकास समाजको आयोजनामा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । प्रदेश सभा सदस्य सरिता गुरुङको प्रमुख आतिथ्यमा आयोजित प्रतियोगितामा सरस्वति आमा समूह माझफाँट प्रथम भएर नगद १० हजार तथा प्रमाण पत्र प्राप्त ग¥यो ।
प्रतियोगितामा गृहलक्ष्मी आमा समूह द्वितीय भई नगद सात हजार, मोहरिया टार आमा समूह तृतीय भएर पाँच हजार तथा भगवती आमा समूह रिठ्ठाबोट र देवी भयँर आमा समूह गैह्रीस्वाँराले सान्त्वना स्थान सहित एक एक हजार नगद र प्रमाणपत्र प्राप्त गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथी गुरुङले तीजको मौलिकतालाई बचाइ राख्न महिलाहरुलाई आग्रह गरिन् । तीजको दिन आयोजित प्रतियोगितामा स्थानीय ११ आमा समूहको सहभागिता रहेको थियो । कार्यक्रममा नगर कार्यपालिका सदस्य सुनसरी गुरुङ, वडा सदस्य ज्ञानु सुनार, क्रियाशिल महिलाहरु सावित्री जिसी, शारदा अधिकारी, सम्झना आचार्य लगाएतले शुभकामना व्यक्त गरेका थिए । समाजकी अध्यक्ष रामप्यारी आलेको सभापतित्वमा आयोजित कार्यक्रममा उपाध्यक्ष अप्सरा घर्तीले स्वागत र चेतना परियारले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन सचिव निर्माला आचार्यले गरेकी थिइन् ।
यसैबीच भानु नपा ६ टुहुरे पसलमा पनि तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । टुहुरे पसल बजार व्यवस्थापन समिति, सतिस्वाँरा सिकाई केन्द्र तथा जलदेवी सामुदायिक वनको संयुक्त आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथी वडाध्यक्ष टीकाराम हड्खलेले विजयी प्रतियोगिहरुलाई नगद तथा प्रमाणपत्र वितरण गरेका थिए ।
११ टोली सहभागी प्रतियोगितामा चन्द्रावती मावि प्रथम, तारानगर आमा समूह द्वितीय तथा रामज्योति बोर्डिङ स्कुल तृतीय भए । प्रतियोगितामा प्रथम समूहलाई सात हजार, द्वितीयलाई पाँच हजार तथा तृतीयलाई तीनहजार नगद प्रदान गरिएको थियो । सहभागी सबै समूहलाई नगद पाँच सय प्रदान गरिएको कार्यक्रममा वडा सदस्यहरु कृष्णराज ढकाल र उमा गोतामे, मेदिनी शर्मा पण्डित, सिकाइ केन्द्रका सचिव हरिप्रसाद ढकाल तथा शोभा ढकाललगाएतले शुभकामना व्यक्त गरेका थिए । बजार व्यवस्थापन समितीका अधयक्ष रणबहादुर श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन सिकाइ केन्द्रका अध्यक्ष ज्ञानहरि खनालले गरेका थिए ।
प्राप्त अर्काे समाचार अनुसार व्यास ११ को भगवती पानी व्यवस्थापन समितीको आयोजनामा तीजकै अवसर पारेर सोही दिन तीज गीत तथा नृत्य कार्यक्रम सम्पन्न भयो । विभिन्न ८ समूह सम्मिलित कार्यक्रममा सहभागी सबै समूहलाई प्रोत्साहन स्वरुप नगद रु एक एक हजार प्रदान गरिएको आयोजकले जनाएको छ ।
समितिका अध्यक्ष देवीभक्त थापाको सभापतित्वमा आयोजित कार्यक्रममा तनहुँसुर पर्यटन विकास समितिका अध्यक्ष केवी थापा, नव आदर्श टोल विकास संस्था व्यास ११ का सञ्जयकुमार श्रेष्ठ, काली भगवती टोल विकास संस्थाका अध्यक्ष ज्ञानभक्त थापा तथा तनहुँसुर होमस्टेका अध्यक्ष मदन आले लगाएतले शुभकामना मन्तव्य राखेका थिए । श्यामकुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा स्वागत प्रेम खत्रीले गरेका थिए ।