दमौली/व्यास नगरपालिकाको नियमित वैठकले विहिबार विभिन्न एघार निर्णय गरेको छ । नगर प्रमुख श्री वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले सम्पन्न भएको छ ।
बैठकले विपि पार्कलाई जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । २०३६ सालमा प्रथम जननिर्वाचित प्रधानमन्त्री विपि कोइरालाले सम्बोधन गर्नुभएको स्थानलाई विपि वनबाटिका नाम दिइएको थियो । विपि पार्क निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट दश लाख विनियोजन भएको हुँदा विपि बनबाटिकाले नामले प्रख्यात स्थानमै बेलको रुख भएको ठाउँमा जिल्ला सभागृह प्राङ्गणसंगै स्थान विपि पार्क निर्माणका लागि उपलब्ध गराउने व्यास नगरपालिकाको २०८० भाद्र ७ गतेको बैठकले निर्णय गरेको हो । बैठकले भाद्र १९ गते आयोजित आर्थिक बर्ष २०७९÷०८० को वार्षिक समिक्षा गोष्ठीमा नगर कार्यपालिकाका सबै पदाधिकारी सदस्यहरु, शाखा÷उपशाखा प्रमुखहरु, वडा सचिवहरुलाई सहभागि गराउने निर्णय समेत गरेको छ । सबै वडाहरुमा सम्बन्धित वडा अध्यक्षको संयोजकत्वमा ७ सदस्यीय कृषि प्रबर्द्धन समिति गठन गर्ने निर्णय गर्नुका साथै भाद्र १२ गते कृषि प्रबर्धन भेला गर्ने गर्ने निर्णय समेत गरेका छ । भेलामा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका विज्ञहरुलाई सहभागि गराउने कार्यक्रम रहेको छ । कतिपय घर कायम गर्ने कार्य अझै बाँकि रहेका हुँदा ३९ औं नगरसभाको निर्णय अनुसार २०८० चैत्र मसान्त भित्र म्याद थप गर्न आवश्यक प्रकृया अधि बढाउन घर नक्सा शाखालाई बैठकले निर्देशन दिएको छ । बैठकले व्यास नगरपालिका फोहोरमैला व्यवस्थापन एवं नाला सरसफाई व्यवस्थापन निर्देशिका, २०८० पारित गरेको छ । बहाल रहेकै अवस्थामा असामयिक निधन भएका इन्जिनियर कमल शर्माको छोरा डिभाईन शर्मालाई अध्ययन सहयोग मासिक पाँच हजार १६ वर्ष सम्म उपलब्ध गराउने र १६ वर्ष पछि ९ लाख १५ हजार वीमा रकम उपलब्ध गराउने रिलायवल नेपाल लाइफ इन्स्योरेन्सलाई व्यास नगरपालिकाले धन्यवाद ज्ञापन गरेको छ । फेवासिटि अस्पतालसँग सहकार्यमा आदिकवि भानुभक्त क्याम्पसको ३७ औं वार्षिक उत्सवको अवसरमा आयोजना गर्न लागेको निःशुल्क स्वास्थय शिविरलाई व्यास नगरपालिकाले आवश्यक सहयोग गर्ने भएको छ । क्याम्पसले व्यास नगरपालिका वडा नं ९ गजौडेमा सामुदायीक स्वास्थ्य सचेतना तथा स्वास्थ्य शिविर सञ्चालन गर्ने व्यास नगरपालिकाले जनाएको छ । व्यास नगरपालिकाको वडा नंं. १४ बाट भाद्र नौ गतेदेखि भूमि आयोग अन्तरगत निस्सा प्राप्त भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासीको घरजग्गा नापी कार्य प्रारम्भ गर्ने बैठकले निर्णय गरेको छ । वैठकमा व्यास नगरपालिकाका नगरप्रमुख श्री वैकुण्ठ न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत श्री गंगालाल सुवेदि विच आ।ब २०८०र८१ का लागि कार्य सम्पादन सम्झौता पत्र आदान प्रदान गरियो ।
व्यास नगरपालिकाको विभिन्न एघार निर्णय
previous post