दमौली/राष्ट्रिय सभामा फागुन २० बाट रिक्त हुने १९ पदका लागि आज निर्वाचन हुँदैछ । निर्वाचनबाट ७ महिला, ७ अन्य, २ दलित तथा अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका ३ जना निर्वाचित हुनेछन् ।
कोशी प्रदेशबाट एक महिला तथा एक अन्य गरी दुइ जना निर्वाचित हुनेछन् । यो प्रदेशमा महिलाका लागि नेकपा एमालेकी रुकमिणी कोइराला तथा माओवादी केन्द्रकी चम्पादेवी कार्कीको उम्मेदवारी परेको छ । यसैगरी अन्य तर्फ एमालेका पर्शुराम अधिकारी, नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र राप्रपाका उद्धव पौडेल उम्मेवार रहेको निर्वाचन अयोगले जनाएको छ ।
मधेश प्रदेशबाट पनि एक÷एक महिला र अन्य निर्वाचित हुनेछन् । यो प्रदेशमा महिलाका लागि एमालेकी उषादेवी थरुनी र जनता समाजवादी पार्टीकी पुजा चौधरीको उम्मेवारी परेको
छ । यसैगरी अन्यमा एमालेका कुमारीविजेता झा, कांग्रेसका आनन्दप्रसाद ढुंगाना तथा जनमत पार्टीका रामशंकर महासेठको उम्मेदवारी रहेको छ ।
आयोगका अुनसार वागमती प्रदेशबाट एक÷एक महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य गरी चार जना निर्वाचित हुनेछन् । यहाँ महिला तर्फ एमालेकी रोचकुमारी चोलागाईँ, कांग्रेसकी विष्णुदेवी पुडासैनी, राप्रपाकी बालकुमारी डल्लाकोटी तथा नेपाल मजदुर किसान पार्टीकी कृष्णलक्ष्मी दुवाल उम्मेदवार रहेका छन् । दलित तर्फ एमालेका धु्रवराज विश्वकर्मा, एकिकृत समाजवादीका धनश्याम रिजाल र नेपकिपाकी संगिना नेपाली उम्मेदवार रहेका छन् । यसैगरी अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्या समुदाय तर्फ एमालेका विवेक देवकोटा, माओवादीका कृष्णप्रसाद अधिकारी, राप्रपाका भरतमणी भट्ट र नेमकिपाका हिमालयधरलाल मुल उम्मेदवार रहेको आयोगले जनाएको छ । यो प्रदेशका अन्य तर्फ एमालेका विलोचननिर्मल पौडेल, कांग्रेसका जितजंग वस्नेत, राप्रपाका हेमजंग गुरुङ तथा नेमकिपाका श्रीकृष्ण महर्जन उम्मेदवार रहेका छन् ।
गण्डकी प्रदेशबाट एक महिला, एक अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्या समुदाय र एक अन्य गरी तीन जना निर्वाचित हुनेछन् । यहाँ महिला तर्फ एमालेकी सम्झना देवकोटा, माओवादी केन्द्रकी मनरुपा शर्मा तथा राप्रपाकी गौमाया श्रेष्ठ उम्मेदवार रहेका
छन् । यसैगरी अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्या समुदाय तर्फ एमालेका हेमन्द्र शेरचन र कांग्रेसका पदमबहादुर परियारको उम्मेवारी परेको छ । यो प्रदेशका अन्य तर्फका उम्मेदवारमा एमालेका चक्रबहादुर पराजुली, कांग्रेसका किरणबाबु श्रेष्ठ र राप्रपाका रोमबहादुर भण्डारी रहेका छन् ।
लुम्बिनी प्रदेशबाट एक÷एक महिला र अन्य निर्वाचित हुनेछन् । यहाँ महिला तर्फ एमलेकी तुलसा कुमारी केसी, कांग्रेसकी विष्णुकुमारी सापकोटा तथा राप्रपाकी विजयालक्ष्मी सिंह उम्मेदवार रहेका छन् । अन्य तर्फ एमालेका झपेन्द्रबहादुर घर्ती क्षेत्री, माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी, राप्रपाका निरञ्जनकुमार थापा र जनमत पार्टीका बालगोविन्द चौधरीको उम्मेवारी परेको छ ।
कर्णाली प्रदेशबाट एक÷एक महिला, दलित र अन्य निर्वाचित हुनेछन् । यहाँ महिला तर्फ एमालेकी विमलाकुमारी शाही, समाजवादीकी सावित्री मल्ल उम्मेदवार रहेका छन् । दलित तर्फ एमालेका हिक्मत विक तथा माओवादी केन्द्रका विष्णुबहादुर विश्वकर्माको उम्मेवारी परेको यो प्रदेशमा अन्य तर्फ एमालेका डिल्लीप्रसाद भट्ट र कांग्रेसका कृष्णबहादुर रोकायाको उम्मेदवार छन् ।
सुदूरपश्चिम प्रदेशबाट एक महिला, एक अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्या समुदाय र एक अन्य गरी तीन जना निर्वाचित हुनेछन् । यहाँ महिला तर्फ एमालेकी सावित्रादेवी घिमिरे र माओवादी केन्द्रकी रेनु चन्द उम्मेदवार छन् । अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्या समुदाय तर्फ एमालेका रामचन्द्र जोशी तथा कांग्रेसका नारायणदत्त भट्टको उम्मेदवारी रहेको यो प्रदेशमा अन्य तर्फ एमालेका इश्वरीप्रसाद खरेल र कांग्रेसका बलदेव बोहरा उम्मेदवार रहेका छन् ।
यो निर्वाचनमा प्रदेश सभाका देशभरका ५४९ सदस्य तथा गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख १४९८ गरी कुल मतदाता २०४७ रहने छन् ।
प्रदेश सभा सदस्यको मतभार ५३ तथा गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको मतभार १९ रहने व्यवस्था छ ।