दमौली/नेपाल पत्रकार महासंघ तनहुँ शाखाको जेठ १ गतेको बैठकको निर्णयबाट स्थापना भएको पत्रकार कल्याणकारी कोषमा दुई गतेबाटै दाताहरुले रकम जम्मा गर्न थालेका छन् ।
भानु नगरपालिका वडा न.९ पुर्कोटका राम पाण्डले नेपाल पत्रकार महासंघ तनहुँ शाखाको नेपाल बैंक दमौली शाखामा रहेको खाता नं. ०६०००१००३३५३३१०००००१ मा आईतबार बीस हजार जम्मा गरी कल्याणकारी कोष बढाउनु भएको छ । पाण्डे प्रभु वैकका पूर्व सञ्चालक, प्रभु लाइफ इन्स्योरेन्सका पूर्व अध्यक्ष,आशा लधुवित्त वित्तीय संस्थाका पूर्व अध्यक्ष समेत रहनु भएका पाण्डे कोषमा रकम जम्मा गर्ने पहिलो व्यक्ति बन्नुभएको छ ।
पत्रकार कल्याणकारी कोषका लागि रकम जम्मा गरिदिने दोस्रो व्यक्ति हुनुभएको छ– प्रदीप न्यौपाने । उहाँले जेठ ३ गते दुई हजार पाँच सय एघार रुपयाँ कोषमा जम्मा गर्ने गरी महासंघ मार्फत रकम हस्तान्तरण गर्नुभएको छ ।
म्याग्दे गा.पा.–७ घरभै हाल व्यास–४ निवासी भाग्यशाली ढुंगानाले जन्मदिनको सुअवसर पारेर पाँच पचपन्न रुपयाँ कोषमा जम्मा गरेको महासंघले जनाएको छ ।
पत्रकार कोषलाई सहयोग
previous post