दमौली/व्यास नगरपालिकाले आर्थिक बर्ष ०७९/०८० को बार्षिक गतिविधि आईतवार सार्वजनिक गरेको छ । व्यास नगरपालिकाको सूचना र प्रविधि शाखाले दिएको जानकारी अनुसार ५४ मध्ये २० उजुरी पछ्र्र्यौट गरिएको छ । न्यायीक समितिमा परेका मुद्धाहरुलाई मेलमिलाप पद्धतिबाट समाधान गर्न विशेष प्राथमिकता दिने कानुनी प्रावधान अनुसार अधिकाँश मुद्धा मेलिमिलापबाट समाधान गरिएको उपप्रमुख एवं न्यायिक समिति संयोजक इन्दिरा दरैले जानकारी दिनुभयो ।
आर्थिक बर्ष २०८०/०८१ को लागि १० थान मुद्धा जिम्मेवारी सरिआएको व्यास नगरपालिकाले जनाएको छ । विशेष गरी व्यास नगरपालिकामा जग्गा विवादका उजुरी आउने गरेको नगरपालिका न्यायिक समितिको सचिवालयले जनाएको छ । जग्गाको साँध सिमाना मिचेको, भोग चलन गरेको जग्गाबाट हटाउन खोजेको, एकको नाममा रहेको जग्गा अर्कैले भोग चलन गरेको, पति पत्नीबीचको विवाद, घरेलु हिंसा लगायतका विषयमा उजुरी दर्ता हुने गरेका छन् । नगरपालिकाले वडाबाटै मेलमिलाप गराउन हरेक वडामा मेलमिलाप केन्द्र पनि बनाएको छ ।
वडाले मिलापत्र अर्थात फर्छ्यौट हुन नसकेका उजुरी नगरपालिकामा वडाबाट नगरपालिकामा सिफारिस गरिन्छ । न्यायिकमा दर्ता भएका उजुरीहरुलाई मेलमिलापको माध्यमबाट छिनोफानो अधिकतम प्रयास गरिन्छ । उजुरीको छिनोपानोमा पुग्ने कुनै सम्भावना देखिएको अवस्थामा ३ देखि ५ पटक सम्म छलफल गराएर पनि उजुरीको छिनोफानो गराएको व्यास नगरपालिकाको न्यायीक समितिसंग रहेको छ । चालु वर्ष ०८० /०८१ म तीन वटा मुद्दा दर्ता भएका छन् । जसमा चालु वर्ष र अघिल्लो वर्षको १÷१ मुद्धाको फर्छ्यौट भएको छ भने दुई वटा उजुरी प्रक्रियामा रहेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४९ (२) अनुसार पेस भएको विवादको निवेदनको कारबाही र किनारा गर्दा सम्भव भएसम्म मेलमिलाप गर्न प्रोत्साहित हुने गरी दुवै पक्षको सहमतिमा मिलापत्र गराउने अभ्यास पालिकाहरुले गर्दै आएका छन् ।
न्यायीक समितिको बार्षिक प्रतिवेदन
previous post