दमौली/नीति, विधि र प्रविधिलाइ पछ्याउँदै उद्यमशीलले आफ्नो पाँचौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीको मूल मन्त्र बनाएको ‘दिगो विकास र समृद्धिका लागि सहकारी’ विषय कार्यपत्र प्रस्तुत गरेर अर्थविद डा. स्वर्णिम वाग्लेबाट टिप्पणी युक्त विश्लेषण गराएर आफ्ना तीन सय भन्दा बढी शेयर सदस्यलाई भर, विश्वास र आशा दिलाएको थियो ।
पाँचौ साधारण सभाका प्रमुख अतिथि अर्थविद् डा. स्वर्णिम वाग्लले ‘दिगो विकास र समृद्धिका लागि सहकारी’ टिप्पणी मन्तब्य राख्दै भने– ‘आफ्नो मुलुकको अर्थतन्त्रको दिगो विकास र समृद्धि गरेका मुलुकहरुले २५ बर्षसम्म निरन्तर सात प्रतिशतको अर्थतन्त्रको विकास गरेर आजको चमत्कारिक विकास गर्न सके । नेपालको समान आर्थिक स्थितिमा रहेका मुलुक आर्थिक समुन्नतिको दृष्टिले धेरै अगाडि बढे ।’ दिगो विकास र समृद्धिका लागि अबको नेपालले सुशासनको दिएर पानी, माटो, डिजिटलाइजेशन ध्यानकेन्द्रित गर्न सके युवाजनशक्तिलाई स्वदेशमै रोक्न सकिन्छ, आर्थिक समृद्धिको लक्ष्यमा पुग्न सकिन्छ भनेर अर्थविद वाग्लले अधिक युवा शेयर सदस्यहरुको सहभागिता रहेको उद्यमशील सहकारीको साधारण सभालाइ आश्वस्थ पारेका थिए । अर्थविदले अगाडि भने हामीले पनि नेपालमा गर्नै नसकेको भने होइन, समकक्षी मुलुकले जति आर्थिक बृद्धि गरे, त्यति नै गर्न नेपालले पनि सक्थ्यो, नसकेकै कारण हामीले चित्त बुझाएर बस्न सक्ने अवस्था छैन । डा. वाग्लेले नेपालको अर्थनीति सुधार गर्न, आर्थिक सुशासन कायम गर्न राजनीति इमानदार, पारदर्शि र अनुशासित हुनुपर्ने सवालमा सबैले बुझ्ने भाषाशैलीमा प्रकाश पारेका थिए । देशको भौगालिक सीमाको अवस्थालाई समेत विचार गरेर वाग्लले असल कुटनीति र देशप्रति इमानदार राजनेताले मात्रै देशको अर्थतन्त्र उठाने सक्ने विश्लेषण गरेका थिए । वाग्लले सहकारी नियमन गर्न नदिएर, ८८ सय करोड अपचलनको निष्पक्ष खोजि नगरी प्रतिशोषमा कसैलाई सिध्याउनका लागि राज्यशक्तिको प्रयोग गरिनुलाई ‘कुशासन’ संज्ञा दिए । २०७४ मा सहकरी ऐनमा छ सय ९२ संसोधन गरेर राष्ट्रव्यापी कार्यक्षेत्र राख्न अवस्था गराउँदा मुलुकमा आर्थिक सक भएको वाग्लेको टिप्पणी थियो ।
पाँचौ साधारण सभाले मानव संसाधन नीति, ऋण लगानी नीति, निर्वाचन नीति, शेयर सदस्यता नीतिलाइ आवश्यक संसोधन सहित अनुमोदन गरेको थियो । त्यसैगरी बार्षिक प्रगति प्रतिवेदन, सचिवको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन, व्यवस्थापकको प्रतिवेदन समेतका प्रगति प्रतिवेदनहरुलाई अनुमोदन गरेको थियो ।
सहकारीले आफ्ना कर्मचारीलाई कर्मचारीमा मात्रै सीमित नराखेर कलाकारका रुपमा पनि प्रोत्साहित गरेको स्वागत गीत, प्रविधिमा गएको विज्ञापनका झलकहरु प्रदर्शन गरेर पुष्टि गरेको थियो । पाँचौ साधारण सभामा बचतकर्ता, असल ऋणी, उत्कृष्ठ कर्मचारी, सञ्चालक समितिका सदस्यलाई समेत प्रोत्साहन स्वरुप सम्मान गरेको थियो ।
जिल्ला सहकारी संघका प्रतिनिधि कोषाध्यक्ष चुडामणि दाहाल, राष्ट्रिय सहकारी विकास बैंकका प्रबन्धक मनोज श्रेष्ठ, तनहुँ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवीबहादुर बस्नेत, मादी सेती एफ एमका अध्यक्ष सूर्यनाथ खनाल, शेयर सदस्य सूर्यमायाँ श्रेष्ठ समेत सहकारीको पाँचौं साधारण सभाको आतिथ्यता ग्रहण गरेर शुभकामना दिनुभएको थियो ।
पाँचौ साधारण सभा उद्यमशील सहकारीका अध्यक्ष इन्द्रलाल श्रेष्ठ ‘विकल्प’को अध्यक्षतामा भएको थियो भने स्वागत उपाध्यक्ष रामचन्द्र भट्टले र कार्यक्रमको सञ्चालन सचिव पूर्ण वि.क.ले गरेका थिए ।
नीति, विधि र प्रविधि पछ्याउँदै पाँचौ बर्षमा उद्यमशील
previous post