दमौली/नेपाल निबृत्त शिक्षक समाज केन्द्रिय समितिका सहकोषाध्यक्ष खिमकान्त पराजुलीको अध्यक्षतामा दमौलीमा मंगलबार बसेको एक भेलाले नेपाल निवृत्त शिक्षक समाज जिल्ला कार्य समिति, तनहुँको गठन गरेको छ । भेलाले रमेशचन्द्र हड्खालेको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति गठन गरेको छ । गण्डकी प्रदेशका उपाध्यक्ष तोपनाथ लामिछानेको समेत उपस्थितिमा आयोजित सो भेलाले दुई उपाध्यक्ष, एक सचिव, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्यक्ष र दुई जना सदस्यको मनोनय गरेको छ । सो अनुसार दुई उपाध्यक्षमा नारायणकैलाश सिग्देल र नारायणी अधिकारी रहनु भएको छ । सचिव र कोषाध्यक्षमा क्रमशः काशीनाथ गौली र चक्रबहादुर अधिकारी रहनु भएको छ । सहसचिव र सहकोषाध्यक्षमा क्रमशः कमला वाग्ले र लक्ष्मी कुवाँर थापा रहनु भएको छ । सदस्यद्वयमा जीवननाथ अर्याल र राजन आले रहनु भएको केन्द्रिय सहकोषाध्यक्ष खिमकान्त पराजुललीले जानकारी दिनु भयो । भेलामा पन्ध्र भन्दा बढी संख्याको सहभागिता रहेको थियो ।
निबृत्त शिक्षक समाज गठन
previous post