चारसय प्रतिटेक्टरबाट बढेर छत्तीस सय पुग्यो
घिरिङ/नदीजन्य पदार्थको ठेक्कामा एकै प्रदेशको दररेटमा एकरुपता नभइ घिरिङ गाउँपालिकामा सबैभन्दा चर्को दररेट हुँदा न्यून आय भएका घरायसी उपयोग गर्न पर्ने उपभोक्तालाई साह्रै मर्का परेको स्थानीय उपभोक्ताको गुनासो रहेको छ । घरायसी आवश्यकता पूर्ति गर्नु पर्ने उपभोक्तालाई सरकारी कामकाजमा व्यवसायीक हिसाबका उपभोक्ताहरुकै दररेटमा उपभोग गर्न पर्दा आफूहरुलाई मर्का परेको स्थानीय उपभोक्ता बताउँछन् ।
स्थानीय जनप्रतिनिधिले दिएको सूचना अनुसार रामपुर नगरपालिकाले लिइरहेको चार प्रतिटेक्टरमा स्थानीय तहमा जनप्रतिनिधि आईसकेपछि घटाएर तीन सय पचास लिन थालेको छ । काली नदीकै नदीजन्य पदार्थ विक्री गर्ने नवलपरासीको बुङ्दीकाली गा.पा.ले पूर्ववत प्रतिटेक्कटर चार सय मात्र लिएको छ । त्यसैगरी बुलिङटार गाउँपालिकाले पुरानै दररेट अनुसार प्रतिटेक्कटर पाँच सय रुपयाँ उठाइ राखेको छ । छिमेकी स्याङजा जिल्लाको चापाकोट न.पा.ले प्रतिटेक्टर चारसय पचास रुपयाँ लिएको छ । तर त्यही कालीनदीको बीच भागको घिरिङ्ग गाउँपालिकाले पहिलेको प्रतिटेक्टरको दररेट चार सयबाट बढाएर एक हजार पाँच सय लिएर ठूलो मर्कामा पारेको गुनासो स्थानीय उपभोक्ताहरुले गरिरहेका छन् ।
घिरिङ गाउँपालिका अन्तरगत काली नदीको नदीजन्य पदार्थ ढुङ्गा, गिटी, बालुवा टेण्डर आव्हान गरिएकोमा वडा नं. १ र ३ को टेण्डर आव्हानमा कसैको पनि बोलपत्र नपरेको घिरिङ गाउँपालिकाका कार्यकारी अधिकृत सन्तोष ढुङ्गानाले बताए । दररेटको विषयमा ढुङ्गानाले प्रदेशस्तरीय दररेट भन्दा बढी लिनदिन कानूनले नै नमिल्ने कुरा कसैले गर्न नसक्ने बताए । बोलपत्र स्वीकृत भएको गड्यौलीटार, खुम्लीङ्गटार र नाङ्गेटारको टेण्डर आफूलाई परेको व्यवसायी चुडामणि(कृष्ण) ढकालले बताए । ढकालका अनुसार प्रदेश नं. ४ अन्तरगत भिमाद र घिरिङ्गको तुलनामा घिरिङ्गमा आफूले ६० प्रतिशत सहूलियतमा प्रति टेक्टर १५०० सयमा विक्री गरेको बताए । ढकालका अनुसार प्रतिटेक्टर तीन हजार छ सय ३० रुपयाँ आफूले वैधानिक रुपमा लिन पाउने भएतापनि उपभोक्तालाई सहुलियत दिन आफूले साठी प्रतिशत सहुलियतमा विक्री गरेको बताए ।
भिमाद नगरपालिकाले प्रतिघटनमिटर एक सय ४१मा भ्याट जोडेर नदी जन्य पदार्थको विक्री भएको कार्यकारी अधिकृत थमनसिं थापाले बताए । तर ढकालले भिमाद नगरपालिकाले प्रतिटेक्कटर दुइ हजार दुई सय उठाएको ठोकुवा गरे ।