पञ्चमुनीदेव मा.वि.को पत्र प्राप्त भएपछि निकै मेहनत गरेर मैले एउटा आर्टिकल लेखें। दोहो¥याइ देहे¥र्या पढें । चेक गरें । अब मिस्टेक छैन भन्ने भएपछि जिम्मेबार एकजना साथीको मेल आइडीमा उक्त लेख पठाइदिएँ । लेख पाएर उहाँले खुसी व्यक्त गर्नु भयो । लेख पठाउनेमा सायद म नै प्रथम थिएँ कि ?
ठीक समयमा स्मारिका प्रकाशित भयो । केही महिना बित्यो । मेरो नाउँमा स्मारिका नआएपछि मेरो धैर्यको बाँध टुट्यो । अनलाइनमा बस्नु हुने एक जना पञ्चमुनीदेव मा.वि.का शिक्षक महोदयसँग ‘मेरो लेख कस्तो लाग्यो भनेर सोधें’ । उहाँलाई मेरो सोधाइले अलमल्याएछ ।ं उहाँले ‘हजुरको लेख भए नभएको थाहा भएन नी, सर’ भन्नुभयो । तु हेर्दिनु पनि भयो । मेरो लेख सो स्मारिकामा नभएको बारे जानकारी गराउनुभयो । म ढुक्क भएँ । थुप्रै दिनदेखिको मेरो हुटहुटी त्यसै सेलायो । ‘मेरो लेख नभएनी २ वटा जती स्मारिका पठाइदिनु है सर’ भने उहाँले ‘हुन्छ’ भन्नुभयो ।
मैले तत्कालै सोही विद्यालयका एक जिम्मेबार साथी जसले स्मारिका प्रकाशनको लागि आर्टिकल्स कलेक्शनको जिम्मा लिनु भएको थियो लाई फोन गरें । उहाँले ‘क्ष् बm भहतचझभथि कयचचथ’ भने र टार्नुभयो। मैले ‘अब आइन्दा यस्तो नहोस् के रे सर’ भनें । उहाँले ‘हुँदैन सर,’ भन्नुभयो ।
केही दिन पछि, पंचमुनीदेब मा.वि.को सरले जन ज्योति मा.वि.मा अध्यापन गराउने (दुलेगौंडा निवासी) एक जना शिक्षकसँग २ वटा स्मारिका पठाइदिनु भएछ । ती पुस्तकहरू मेरो घर नजिकै घर हुने एक जना सरलाई ‘दिनु है’ भन्नु
भएछ । उहाँले ‘हुन्छ । मैले उहाँलाई राम्ररी चिन्छु ।’ भनेर पुस्तकहरू आफ्नो घर्रामा राख्नु भएछ । करिब ३ महिनासम्म ती किताबहरू उहाँकै घर्रामै थन्किए छन् । एक दिन मैले उहाँलाई ती पुस्तकहरूको बारेमा रिमाइण्ड गराएपछि भने घरमा ल्याउनु भएछ ।
कुनै काम विशेषले घर्रामा पुस्तक राख्ने सरसँग मेरो दोस्रो पटक भेटभयो । उहाँले ‘सरी है, सर’ भन्नुभयो । उहाँले ‘सरी है, सर’ भनिसकेपछि मैले धेरै कुरा गरिनं । काम विशेषले उहाँ र मेरोबीच पुनः २ महिना पछि तेस्रो पटक भेट हुँदा उहाँले –‘किताब घरैमा ल्याएको थिएँ, सर ‘दिनै भुल्दो रैछ’ु भन्नुभयो । मैले त्यसो भए ‘लम्साल सरको घरमा राख्दिनु । मैले त्यहाँबाट लैजाउलानी’ भनेँ ।
करिब १ महिना पछि चौथो पटक, उहाँसँग टुप्लुक्क उहाँकै घरैनेर भेटभयो । उहाँले ‘सर पुस्तकहरू लानुभयो ?’ भनेर मलाई सोध्नुभयो ।
मैले ‘अ ह, लगेको छैन’
‘कहिले राखेको हो र ?’ भनें ।
उहाँले ‘थुप्रै भयो’ भन्नुभयो ।
मैले ‘ए हो र ? लम्साल सरले त दिनु पर्ने हो । कसो भएछ । सोधुला नि’ भनें ।
म तु लम्साल सरको घर गएँ । उहाँ घरमा हुनुहुँदो रहेन छ । म फर्केर आफ्नै घर आएँ । लम्साल सर र मेरो त थुप्रै पटक भेट भइराख्छ ।
आच्या ! उहाँले किन दिनु भएन त ती पुस्तकहरू भनेर दङ्ग परें ।
दुई दिनपछि मेरै घर अगाडि लम्साल सर भेट हुनुभयो । मैले ‘हजुरको घरमा मेरा २ वटा पुस्तकहरू छन् रे नि, किन नदेको ?’ भने र खस्रो प्रश्न गरें । अनि एकछिन गमेर उहाँले ‘हजुर्ले मागे पो दिने हो। त्यत्तिकै मैले के को सुरले दिनी त नि’ भने र हँसाउनुभयो । उहाँले तत्कालै ‘पुस्तकहरू होइनन् । एउटा मात्र हो’ भन्नुभयो । मैले ठिकै छ ‘एउटै भए नि सही’ भनें ।
लम्साल सरले कुनै दिन मेरो घरमा त्यो पुस्तक ल्याइदिनु भएछ । म डुलुवा उहाँसँग भेट भएन । त्यो आकर्षित र मोटो पुस्तक सबै मनुवाहरू आते जाते गर्ने ठाउँमा थियो । मैले पनि पचास पटक देखेको थिएँ । म आफैले टेबुल सफा गर्ने सिलसिलामा घरी यता, घरी उता राख्थें । मेरो स्टेशनरी एट द रेट कम्प्युटर इस्टिच्युटमा सबैले देख्नेगरि राखिदिन्थ्यें । १५ दिन बित्यो । विचरा त्यो पुस्तक लिन कोही पनि आएनन् । मैले बुलेटसँग सोधेँ, ‘यो पुस्तक कसको
होला ? कुन सरले भुलेर जानु भएछ ? लिन पनि आउनुहुन्न, थुप्रै दिन भैसक्यो?’ बुलेटले आश्चर्य व्यक्त गर्दैै भन्यो, ‘हजुरको पुस्तक हो । लम्साल सरले ल्याइदिएको ।’ मैले उक्त पुस्तकलाई च्याप्प हातले समाउँदै यता उति पल्टाउँदै, पछार्दै भनें, ‘मैले मागेको त पञ्चमुनीदेब मा.वि.को स्मारिका हो । जन ज्योति मा.वि.को होइन ।’ यो पुस्तक त म आफै जन ज्योति मा.वि.मा गएर ल्याउन सकिहाल्थे नि । तै पनि यो पुस्तक त मैले आजभन्दा ७ महिना पहिल्यै जन ज्योति मा.वि.बाट ल्याइसकेको थिएँ त ।
पञ्चमुनीदेब मा.वि.को स्मारिकामाको बदलामा पाएको जन ज्योति मा.वि.को स्मारिकाको सम्बन्धमा गोड्याएर सोध्ने कोतुहल मनमा अति नै थियो । समय भने मिलिरहेको थिएन । संयोगले स्व।धु्रबराज खनालसरको अन्तिम विदाइ (२०७७ भाद्र ३० गते) को सिलसिलामा पञ्चमुनीदेब मा.वि.बाट मेरो नाउँमा २ वटा पुस्तक ल्याइदिने सरसँग भेट भयो । उहाँले भेट्ने बित्तिकै मलाई पुस्तकको बारेमा सोध्नुभयो । मैले दिक्दारलाग्दो भाषामा निराषजनक व्यवहार खोलें । उहाँ पनि साथीको त्यो उराठलाग्दो र निराशाजनक व्यवहार देखेर अचम्ममा
पर्नुभयो । मैले ‘सर उ त्यही हुनुहुन्छ, सोध्नुन एक पटक । किन उहाँले पुस्तक साटेर दिनु भएछ ?’ भनेर भनें । सरले पुर्लक्क उहाँतिर हेर्नुभयो । मुख अमिलो बनाउनुभयो । तर सोध्न भने सक्नु भएन । किन सर डराएजस्तो गर्नुभयो मलाई थाहा भएन ।
यो कुरो सानो हो । ठूलो कुरो होइन । तर सानो कुराले ठूलो कुरो उत्पादन गर्न सघाउँछ । अर्काे कुरो लेखक र पढन्तेलाई खानेकुराभन्दा पढ्ने कुरा महत्वको लाग्छ । सेक्सपियर भन्छन्, ‘अध्ययन आकाशमा चक्कने सूर्यजस्तै हो ।’ हो त्यही पढेर नै शिक्षक भइन्छ । शिक्षकहरू भनेका विश्वकै सबैभन्दा जिम्मेबार तहमा स्थान ओगट्ने व्यक्तिहरू हुन् । पक्कै पनि पञ्चमुनीदेब मा.वि.को स्मारिका पठाउने मेरा आदरणीय मित्रले जन ज्योती मा.वि.को स्मारिका कसै कसै पठाउनु भएन होला। तर पञ्चमुनीदेब मा.वि । हुँदै जनज्योति मा.वि । अनि लम्साल सर हुँदै म कहाँ आएको त्यो स्मारिका कसरी परिवर्तन भयो ? सायद सबैलाई अचम्म लाग्छ नै ।
जिम्मेबार बन्न गाह्रो छ
previous post