
दमौली/मोटरसाइकल दुर्घटनामा घाइते भएका पत्रकार सागर गिरीलाई तनहुँ समाज हङकङका पूर्व अध्यक्षहरुले आर्थिक सहयोग गरेका छन् । सो रकम नेपाल पत्रकार महासंघ तनहुँ शाखाका सदस्य श्रीहरि पौडेल मार्फत गिरीको उपचारार्थ नगद रु ५ हजार सहयोग गरिएको छ । समाजको तर्फबाट ब्लड क्यान्सर पीडित महिलालाई सहयोग रकम हस्तान्तरण गर्न दमौली आएका उनीहरुले पत्रकार गिरीको अवस्थाबारे जानकारी पाएपछी तत्कालै सहयोग गरेका हुन् । समाजका पूर्व अध्यक्षहरु जंग थापा र भीमराज गुरुङले सहयोग गरेका हुन् ।