नेपालको सूदुर पश्चिम क्षेत्रमा गौरा पर्वलाई दशैं पछिको महत्वपूर्ण चाडको रुपमा मनाउने चलन छ । आजबाट पाँच दिनसम्म मनाईने यो पर्वलाई पुरुषहरुको जनैपूर्णिमा जस्तै महिलाहरुको गौरा पर्व मनाउने गरिन्छ । पुरुषहरुले जनैपूर्णिमामा जनै फेर्ने चलन छ भने महिलाहरुले गौरापर्वमा डुबधागो फेर्ने चलन
छ । पश्चिमतिरको भाषामा डुब धागो भन्नाले सिन्दुर, पोते, डोरी, गुन्यू चोलो, फरिया र पोते भनेर बुझिन्छ ।
गौरा पर्व विशेष गरी पार्वतीको पुजाको रुपमा मनाईन्छ । पार्वतीलाई गौरी र गौरीबाट गौरा नामाकरण गरिएको मानिन्छ । यो पर्वमा चेलीबेटीको खेतबाट धान, दुवो, तिल, बल र अपामार्ग पाँच थरी बोटको जरैदेखि निकालेर गौराको प्रतिमा बनाईन्छ । गौरालाई चढाउने प्रसादीको रुपमा गहुँ, केराउ, गहत, मास र गुराँस मिसाएर तामाका भाँडामा भिजाइने अन्नको समिश्रणलाई बिरुडा बनाईन्छ । विरुडा बनाउने बेलामा मंगलगान गाउने पश्चिी संस्कृति हो । सुदूपश्चिमेलीहरूले धुमधामका साथ मनाइने गौरापर्व भाद्र कृष्ण पञ्चमीदेखि सुरु हुने गर्दछ । गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न (विरुडा) भिजाएर पर्वको थालनी गरिन्छ । गौरा पर्व विशेष गरेर डोटी र कुमाउँमा परापूर्व कालदेखि नै मनाउँदै आएको पर्व
हो । गौरा पर्व भाद्र कृष्ण चतुर्दशीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ । गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् । गौरा पर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पु¥याउने विश्वास गरिएको छ । साथै व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने धार्मिक जनविश्वास रहेको छ ।
हिन्दु संस्कृति बनेको गौरा पर्व हैह्यवंशी राजा मध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणँहरूबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्रह्मणलाई मारिदिएपछि विधवा भएकी ब्राह्मणीहरूले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरुप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नु परेकाले गौरीलाई सर्वशक्तिमान सम्झी उनकै उपसाना गर्ने गौराले जस्तै शक्ति प्राप्त गर्न गौराको उपासना गर्न थालिएको पश्चिमेली समाजको विश्वास रहेको छ ।
गौरा पर्व- सम्पादकीय
previous post