दमौली/नेपाल सरकारले चैत्र ११ गतेबाट घोषणा गरेको लकडाउनको औपचारी अन्त्य साउन ७ गते गरेको थियो । लकडाउन अन्त्य गरेतापनि सबैलाई सजग रहन सरकारले आग्रह गर्दै आएको छ । कोरोना संक्रमण धट्दै गएकोले भनि लकडाउनको अन्त्य गरिएको थियो । यद्यपी गत केहि दिन यता कोरानाका नयाँ संक्रमितको संख्या बढ्दै गएको छ ।
तनहुँमा तीन हजार ५ सय ९० जनाको कोभिड–१९ नमूना संकलन गरिएको छ । तीन हजार ३ सय २६ जनामा नेगेटिभ देखिएको छ । १८३ जनामा पोजेटिभ देखिएको र १ सय ७२ जना निको भएर घर गएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
संकलित नमूनामा ८१ जनाको परिक्षण प्रतिवेदन आउन बाँकी रहेको कार्यालयले जनाएको छ । देशभरमा संक्रमित संख्या एक्काइस हजार तीन सय ९० पुगेको छ । बुधबारसम्ममा नेपालका कोभिड–१९ संक्रमित ६० जनाको मृत्यू भएको छ भने निको हुनेको संख्या पन्ध्र हजार १ सय ५६ पुगेको छ । जुन कुल संक्रमितको ७०.८५ प्रतिशत हो ।
कोरोनाबाट बच्न बाहिर हिड्दा माक्स लगाउने, २ मिटर भौतिक दुरी कायम गर्न, साबुन पानिले मिचिति हात धुने, स्यानीटाईजरको प्रयोग लगायतका सावधानी अपनाउनु गर्छ ।
कोभिड–१९ को स्थिति
previous post