जिल्ला समेतको चौधौं अधिवेशन अनिश्चित
दमौली/नेपाली काँग्रेसको १४औं अधिवेशन अन्तरगत जिल्ला, प्रदेश, र संघीय निर्वाचन क्षेत्र अधिवेशन समेतको कार्यतालिका छैटौं पटकको संसोधनले पालिका भन्दा माथिल्लो तहको अधिवेशन अनिश्चित बन्दै गएको छ ।
बुधबार नेपाली काँग्रेसका प्रवक्त विश्वप्रकाश शर्माको स्रोत खुलाउँदै विभिन्न सञ्चार माध्यमहरुले असोज ९ गतेको पालिका तहको निर्वाचन कार्यतालिका भन्दा पछिका कार्यतालिका निर्वाचन समितिको अर्को सूचनाका आधारमा प्रकाशित हुने जनाएका छन् ।
समाचारमा जनाए अनुसार दशैं अघि नहुने निश्चित भएको छ । दशैं पछि पनि निर्वाचन समितिको निर्णयका आधारमा कार्यतालिका प्रकाशित हुने अवस्थाले थप अनिश्चित बनेको हो ।
संसद विघटनको आशंकाः
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको सरकारले झण्डै साढे दुई महिनाको अवधिमा मन्त्रिमण्डललाई पूर्णता दिन नसकेको गतिरोधको अवस्थाको परिणाम तेस्रो पटक संसद विघटनको अवस्थामा पुग्ने आशंका गरिएको छ ।
पुष्टि गर्ने आधारः
नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले काँग्रेसको अस्तित्वलाई नामेट पार्ने १४औं अधिवेशनलाई बहिष्कार गर्न आव्हान गरेका थिए । छैटौं पटकको कार्यतालिका संसोधन पछिका आशंकाका बीचमा नेता जोशीले कार्तिक २२ गतेबाट २८ गतेसम्मको कार्यक्रम दिएर तनहुँको निर्वाचन क्षेत्र नं. १ पुरै चुनावी कार्यक्रमको शैलीमा घुम्ने सन्देश आममतदातालाई दिई सकेका छन् । राजनीतिक दिशाको सहि समयमा सहि विश्लेषण गर्ने क्षमता भएका नेता जोशीले निर्वाचन क्षेत्र नं. १ भ्रमण गर्ने मतदाता समक्ष साक्षात्कार गर्ने कार्यक्रम सार्वजनिक हुनु र सरकारको गतिरोध, एमसीसी पारीत हुन नसक्ने राष्ट्रिय परिवेश, एमसीसी पास नभए देउवाको औचित्य समाप्त हुने शक्तिकेन्द्रको निष्कर्षका आधारमा पुनः तेस्रो पटक संसद विघटनको वातावरण निर्माण हुने आधारहरु देखिएका हुन् ।
अतः पाँचौ पटक कार्यतालिका संसोधन भै पालिका भन्दा माथिल्लो तहको नेपाली काँग्रेसको १४औं अधिवेशन अनिश्चित अवस्थामा पुग्नुको पछाडि उल्लेखित राष्ट्रिय परिवेश मुख्य आधार हो । नेपाली काँग्रेसले भाद्र ३० गते चौथो पटक निर्वाचन कार्यतालिका संसोधन गरेको थियो । भाद्र २५ गते पाँचौं पटक निर्वाचन कार्यतालिका संसोधन गरेको नेपाली काँग्रेसले वडा अधिवेशन भाद्र १८ गते सकेर असोज ९ गते पालिका अधिवेशन सम्पन्न गर्ने बाँकी कार्यतालिका अर्को सूचना नभएसम्मका लागि असोज ६ गते सूचना प्रकाशित गरेर स्थगित गरिएको समाचार विभिन्न सञ्चार माध्यमहरुले प्रकाशन गरेका छन् ।