विशेषसम्वादाता
संघीय लोकतान्त्रिक गणतन्त्र आएको सोह्र बर्षपछि नेपाल सरकारले कतारी राजालाई तामधाम र भव्यताका साथ स्वागत र विदाई गरेको छ ।
२०८१ साल बैशाख १० गते पुष्पकमल दाहाल नेतृत्वको सरकारको मन्त्रीपरिषदले निर्णय गरेर मंगलबार देशभर सार्वजनिक विदा दिएर नेपालका राष्ट्रपतिको आमन्त्रणमा नेपाल भ्रमणमा आएका कतारी राजा शेख तमिम बिन हमाद अल थानीलाई नेपालमा भव्य स्वागत गरियो । लाग्दथ्यो सोह्र बर्ष अघि नेपाल सरकारले नेपालका राजालाई दिने सलामी सहितको राजकीय सम्मान कतारी राजालाई पनि दिइयो ।
पैतालीस बर्ष अघि कुटनीतिक सम्बन्ध स्थापित गरेको कतारबाट नेपालको इतिहासमा पहिलो पटक उच्चस्तरीय भ्रमण भएको आमसञ्चार माध्यमहरुले टिप्पणी गरेका छन् ।
कतारी राजाको दुई दिनको कूल २२ घण्टाको नेपाल बसाईका क्रममा नेपाल सरकार र कतार सरकार बीच आठ बुँदे समझदारीमा दुई देश बीच सम्झौता भएको छ ।
नेपालको नागरिकको रोजगारको प्रमुख गन्तब्य मुलुकका रुपमा रहेको कतार सरकारसंग भएको आठ बुँदे सहमतिले नेपाली श्रमबजारका श्रमिकहरुको श्रम शोषण नहुने आधार तयार गरेको विश्वास गर्न सकिन्छ ।
बाईस घण्टा पछि बुधबार अपरान्ह कतारी राजाको विदाई भएको थियो । नेपालको हिन्दु संस्कारको भजनकृतन टोली सडकमा उभिएर ‘कतारी राजा हेरन आज, आए घुम्नलाई’ , ‘कतारको राजा हेरन आज , गर्छौं नमस्कार’ बोलको कृतन गाएर कतारी नरेशलाई सडकमा लामबद्ध भएर विदाई गरिएको थियो ।
कतारी राजालाई राजकीय सम्मानका साथ स्वागत र विदाई गर्दै गर्दा नेपाली राजासंग २०६३ साल बैशाख ११ गते भएको पाँच बुँदे सहमति पनि सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएका छन् । त्यो पाँच बुँदे सहमतिमा २०६२÷०६३ को आन्दोलने गर्ने राजनीतिक परिवर्तन २०४७ सालको संविधानलाई टेकेर गर्ने पहिलो सहमति थियो । त्यसैगरी राजाले विघटन गरेको प्रतिनिधि सभा पुनस्थापित गर्ने दोस्रो सहमति थियो । बहुदलीय व्यवस्था कायम राख्ने र पाँचौं बुँदामा उल्लेखित चार बुँदा एक अर्कामा कायम रहने र इमानदारीका साथ कार्यन्वयन गर्ने भनेर नेपालका राजनीतिक दलहरुले सहमति गरेका थिए । भारतीय विशेषदूत करणसिंको मध्यस्थतामा यी सहमति जुट्न सफल भएको चर्चा त्यतिबेलै चलेको थियो ।
गणतन्त्रलाई गणतन्त्रवादीहरुले बद्नाम गराउँदै लगेको यो अवस्थामा राजालाई सामन्तवादको अवशेष भनेर फालेर गणतन्त्र ल्यायौं भन्नेहरुले नै आमन्त्रण गरेर कतारी राजालाई स्वागत गर्नु, त्यो पनि उही नेपाली राजालाई दिईने सलामी, राजकीय सम्मानका साथ गरियो ।
कतारी राजाको आमन्त्रण, स्वागत, विदाई र पाँच बुँदाको चर्चाले मुलुकमा फरक परिवेश निर्माण र सन्देश दिने काम गरेको छ ।
कतारी राजाको स्वागत र विदाई
तामधाम र भव्यताले दिएको सन्देश
previous post