रमेस विकल
नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको सय दिन पुग्दा सरकारका काम कारवाही बारे चर्चा सुरु भएको छ ।
प्रतिपक्षी दलहरुले यो सरकार पूर्णत असफल भएको बताएका छन् भने सत्तारुढ दलका कतिपय नेताहरु पनि सरकारको काम कारवाहीबाट सन्तुष्ट भएको देखिएको छैन ।
तर पहिलो पटक मन्त्री बनेका प्रदीप पोडेलले भने आफुलाई दुइ दर्जन मन्त्रीको भिडमा अग्लो देखाउन सफल भएका छन् ।
आइतबार मात्रै मन्त्री पौडेलले १४ वर्ष मुनिका क्यान्सर पीडित बालबालिकाको उपचार निःशुल्क गर्ने निर्णय गरेर आम नागरिकको मन जित्ने काम गरेका छन् । तुलनात्मक रुपमा उपचार महंगो हुने भएकाले हुर्कँदै गरेको आफ्ना सन्तानलाई क्यान्सर भएको थाहा पाएपछि धेरै अभिभावक चिन्तित हुन्थे । कतिपयले रकम अभावमा बीचमै उपचार छोड्नु पर्ने अवस्था समेत आउने गथ्र्याे । यस्तोमा मन्त्री पौडेल नेतृत्वको मन्त्रालयले सरकारी अस्पतालहरू कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा क्यान्सरको उपचार सेवा निःशुल्क गर्ने निर्णय गरेर अभिभावकको पीडामा मलम लगाउन सफल भएका छन् । मंसिर १ गते बाट लागू हुने यो व्यवस्थाले खासगरी विपन्न अभिभावकले घरखेत जाने अवस्थाबाट मुक्ति पाउने छन् ।
यस अघि मन्त्री पौडेल यातायात व्यवसायीसंग छलफल गरी देशभरका महिला स्वास्थ्य स्वयम सेविकालाई गाडीमा भाडा नलाग्ने व्यवस्था गरेका छन् । उनैको पहलमा देशभरका १९ संघीय अस्पतालमा दुइ सिफ्टमा बहिरंग सेवा दिन थालिएको, क्यान्सर उपचार सेवा विस्तार भई सातै प्रदेशमा पुगेको छ । यसका साथै आगोले जलेर गम्भीर घाइतेहरुको उपचार कीर्तिपुर तथा वीर अस्पतालबाट विस्तारित गर्दै ७ वटै प्रदेशमा पु¥याइएको छ । अब जलनको उपचार विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरान, नारायणी अस्पताल, बिरगंज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, भेरी अस्पताल, नेपालगन्ज, सुर्खेत प्रादेशिक अस्पताल, सुर्खेत तथा सेती प्रादेशिक अस्पताल, धनगढीबाट समेत पाइने व्यवस्था भएको छ ।
यस अतिरिक्त मुटु रोगको उपचारलाई सहज बनाउने प्रक्रिया प्रारम्भ भएको छ भने एक्स रे, एमआरआई, सिटिस्क्यान आदिमा प्रयोग हुने फिल्मको प्रयोग हटाएर डिजिटल रिर्पाेट गर्ने निर्णय समेत मन्त्री पौडेलले गरेका छन् । यसले वार्षिक झण्डै पचास करोड रुपैया विदेशिनबाट जोगिने छ ।
सय दिने कार्य प्रगतिलाई हेर्दा सरकारमा देखिएका कोही छन् भने प्रदीप मात्र छन् भन्नु पर्ने भएको छ । यस अर्थमा ओली सरकारमा आशाको दीपको रुपमा एक्ला प्रदीप रहेका छन् ।
ओली सरकारका एक्ला दीप “प्रदीप”
previous post