अनुदान !
आउँदा आउँदै बाटोमा, छचल्किएर
अनि, बाटाका हरेक बिसाइ अनि
मोड र नाकाहरुमा चुहिंएर अलि अलि
बीच बाटोमा नै हराउँदोरै’छ
चुहिनुको त कुरा नगरौं, यो देशमा
एउटा कार्यकालको विकासकोे भ्रुण
सम्भोगको तुष्टि नपाएपछि,
अर्को कार्यकालमा त्यसै तुहिंँदोरैछ, हजुर ।
बाहिर जतिसुकै सुकिला र चिल्ला
बजेट र गजेटको भाषण भएपनि के गर्नु ?
पुग्नु पर्ने कुना कन्दराहरुमा अनि
ती गह्रा र कान्लाहरुमा कहिल्यै नपुग्दो र’छ ।
कहिल्यै पुरा नहुने आश्वासनको नाममा
कुहिने फर्सी जस्तै भित्रभित्रै फ्यात्तै कुहिँदरै’छ ।
उँभो पठाउने बेलाँ
जति नै फुलेर फुलौरा उफ्रे पनि के गर्नु र ?
यिनिहरुको झुकाई, नम्रता र भद्रताको सामु
नतमस्तक हुनु पर्दो रै’छ,
पठाइ सके’सि त
यिनिहरुकै सामु निहुरिनु पर्दो रै’छ ।
यिनिहरुको बोली त बाफ रे बाफ
जादुरगरले देखाउने
जादू जस्तो चमत्कारी हुँदो र’छ
अहिल्यै भर्खरै भान्सामा रेल कुदाउँला झैँ गरी
ठूल्ठूला स्वरमा कुर्लदो र’छ ।
निमुखा र निर्धो भए’सि के गर्नु र हजुर ?
यहाँ त
नगरेको अपराधमा पनि मुछिन पर्दाेरै’छ ।
ठूला ठूला अपराधीहरु चैं
ठूल्ठूला कार्यक्रम उद्घाटन गरि हिँडदो र’छ ।
समानता र बराबरको
जतिसुकै ठूलो सम्झौता र भाषण गरे’नि के गर्नु
नुहिने बेलाँ निर्धोकै नूर नुहिनु पर्दो रै’छ ।
स्वतन्त्रताको नाममा
पेट्रोलमा मट्टितेल मिसाउन पाउनु पर्छ भनि
व्यापारीले पनि हडताल गर्दो रै’छ
बाटो बनाएर हस्तान्तरण नगर्दै भत्किने
ठकेदारले बनाएर हस्तान्तरित बाटो झैं
के गर्नु र ? आफ्नो माल बिकाउन
हात्तिछाप चप्पल र हात्ति उस्तै हो नानूÞ भने जस्तै छ ।