–अधिकारी, चन्द्रमणि
१) सूचना संकलन गर्ने विश्वस्त सुत्रको रुपमा ‘तनहुँ आवाज साप्ताहिक’का सम्पादकज्यूसँग मोबाइल वार्ता भयो । यो स्तम्भ शुभारम्भको जग बस्यो । बाँझो जमीनलाई श्रम, पसिनाले सिँचेर, मलिलो बनाएर, उब्जाउ पारेर उत्पादन गरेको फल अर्काले हडपेको अवस्थामा मेहनती किसानको निम्ति अत्यन्त पीडादायक हुन्छ । पाषाण हृदयहरू, अर्का पीडामा छक्क र मख्ख हुन्छन् । हरेक मान्छेको जीवनको भोगाई फरक फरक हुन्छन् । उखान पनि छ, ‘परेको नबेहोरी सुख पाइन्छ ?’
यो महिनाको अन्त्यसितै साठी वर्षको उमेर पार हुने यो अवस्थामा एउटा स्तम्भकारको रुपमा आफुलाई प्रस्तुत गर्ने हिम्मत छ । सकभर सरल शब्दहरुको प्रयोग गरी स्तम्भ लेखन अगाडि राख्न सकौं भन्ने मेरो प्रयास रहन्छ ।
२) आफ्नो कुरा यसरी राखौं । प्रथम कुरा म साहित्यको विविध विधामा कलम चलाउँछु । आफुले भोगेको कुरा पाठकको रुपमा कसरी बुझाउन सकिन्छ, सोचेर प्रस्तुत गर्छु । ‘साहित्य, सङ्गीत, कलाविहीन मान्छे सिङ र पुच्छर नभएको साक्षात् पशु हो’ सुनेको ÷ बुझेको कुरा हो ।
नमन्त्रं अक्षरं नास्ति, नास्ति मूल महौबधम्
अयोग्यं पुरुषं नास्ति, नास्ति संयोजकस्तत्र दुर्लभः
मन्त्र नहुने कुनै अक्षर छैन । महान औषधी नहुने कुनै जरा (वनस्पति) हुँदैन । कुनै व्यक्ति अयोग्य छैन÷हुँदैन । त्यहाँ संयोजक (सही चीज सही ठाउँमा जोडाउने व्यक्ति) को अभाव छ ।
३) यस स्तम्भमा प्राप्त पाठकहरुको जिज्ञासाको सरल र सजिलो समाधान सुझाउने प्रयत्न हुन्छ । राष्ट्र सेवकको रूपमा अनुभूति र प्रस्तुतिको समन्वय गर्ने उत्साह छ । पाठकको उचित सल्लाह, सुझाव र सम्मतिको अपेक्षा छ ।
४) आर्यावर्तको केन्द्र नेपालको पवित्र गण्डकी क्षेत्र विभिन्न ऋषि महर्षिहरुको तपस्या गरेको थलो हो । अठार पुराणका ब्याख्याता वेदव्यास, नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य, जनकवि गोकुल जोशी, साहित्यकार सरदार प्राध्यापक यदुनाथ खनाल, पण्डित रुद्रमणि अधिकारीको जीवनका विभिन्न पक्ष बारे केलाउने कोशिष हुनेछ ।
५) मान्छे सकभर आफैंलाई टाठो, बाठो र उचित भुमिकामा रहेको ठम्याउन खोज्छ । प्रश्न, जिज्ञाशाको सटीक जवाफ यो स्तम्भमा पाठकको आँखामा पर्न पाऊन् ।
६) समाजमा रहेका खराब वृत्ति, प्रवृत्तिको निर्मम चीरफार यस स्तम्भमा प्राप्त हुन सक्ने छ । सकारात्मक सोचको विस्तारबाट समाजमा उचित सुधार गर्न आवश्यक कौशलको चर्चा यस स्तम्भमा रहने छ ।
७) यस स्तम्भको परिमार्जन गर्न विज्ञ पाठक तथा सहृदयी महानुभावहरूमा सुझाव सल्लाहको अपेक्षा राखेको विषय निवेदन छ ।
८) आफ्नो स्थानको परिचय गराउन यो स्तम्भ उपयोग गरौं ।