नेपालमा दैनिक कोरोना संक्रमितको संख्या घट्दै र निको भएर घर फर्कनेको संख्या बढ्दै जान थालको छ
गत शुक्रबार सर्वाधिक १ हजार ३५४ संक्रमित थपिएकामा त्यस यताका तीन दिन निरन्तर संक्रमितको संख्या घट्दै गएको छ । शनिबार त्यो संख्या घटेर १ हजार ४१ मा झरेको थियो भने आज अझ घटेर ९८० मात्र रहेको छ । उता संक्रमण मुक्त भएर घर जानेको संख्या भने विहिबार देखि नै बढ्दै गएको छ । विहिबार संक्रमण मुक्त हुनेको संख्या ९१७ रहेकोमा शुक्रबार त्यो संख्या १ हजार ३५४, शनिबार १ हजार ५६६ र आज १ हजार ८१४ रहेको छ । पछिल्लो २४ घण्टामा १० हजार ३८२ जनाको पिसिआर परिक्षण गरिएकोमा जम्मा ९८० जनाको संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज आइसोलेसनमा रहनेको संख्या १७ हजार २७ रहेका छन् भने क्वारेन्टीनमा रहनेको संख्या ४ हजार ७०३ रहेको छ । संक्रमणको दर घट्ने र संक्रमण मुक्त हुनेको संख्यामा वृद्धि भएको भएपनि मृत्यु हुनेको संख्या भने उच्च नै छ । आज ९ जनाको मृत्यु भएसंगै कोरोनाका कारण मृत्यु हुनेको संख्या २८९ पुगेको छ ।
तनहुँमा आज ७ जनाका संक्रमण पुष्टी भएको छ । यो संगै तनहँका कोरोना संक्रमितको संख्या ५९ महिला र २५७ पुरुष गरी ३१६ पुगेको छ । देशभर ५ सय भन्दा बढी संक्रमित भएका जिल्ला १२ रहेका छन् भने संक्रमण शून्य भएका जिल्ला ५ रहेका छन् । मन्त्रालयका अनुसार सबैभन्दा बढी संक्रमित २१–३० उमेर समूहका छन् । जसको संख्या झण्डै १६ हजार रहेको छ । काठमाण्डौ उपत्यकामा आज ३ सय ५४ नयाँ संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी गराएका छन् ।
Uncategorised
-
पछिल्लो २४ घण्टामा नेपालमा एक हजार २२८ नयाँ कारोना संक्रमित थपिएका छन् । स्वास्थ्य…
-
पोखरेल,पौडेल, गौडेल, वाग्ले, रिजाल, रिमाल, बडाल, बराल, कोइराला, भुसाल, संग्रौला, ओली, खनाल, नेपाल, सुवाल,…
-
-
अनुदान ! आउँदा आउँदै बाटोमा, छचल्किएर अनि, बाटाका हरेक बिसाइ अनि मोड र नाकाहरुमा…
-
नेपाल रेडक्रस सोसाईटी तनहु शाखा अन्तरगत सॉखर उपशाखाले मे ८ का दिन आज रक्तदान…
-
पृष्ठभूमिः ज्यान मुद्दामा कसूरदार ठहरीएका व्यक्तिको सम्पत्ति सर्वस्व गर्ने कानूनी व्यवस्था छ । यो…
-
कति बाटो विराउँ छौ सरकार जनतालाई डर लाग्यो घच्घच्याउने वाहानमा सुझाब दिन कर लाग्यो…
-
गण्डकी वांमय प्रतिष्ठानद्वारा आयोजित साहित्यवाचनको २३औं श्रृंखलामा फागुन महिनाको दोस्रो शनिवार दमौलीमा कविता वाचन…
-
पृष्ठभूमिः कसैको काम वा अकर्मण्यताको परिणाम स्वरुप उत्पन्न हानि नोक्सानीलाई दुष्कृति गरेको मानिनेछ भने…