तनहुँ आवाज साप्ताहिकले २०७९ साल मंसिर ११ गतेबाट आफ्नो प्रकाशनको २६औं बर्ष पुरा गरी २७ बर्षमा प्रवेश गरी प्रस्तुत अंक २७ बर्षको पहिलो अंक हो भनेर आफ्ना पाठक बर्ग, विज्ञापनदाता, लेखक बर्ग, सुभेच्छुक महानुभावहरु र विज्ञापनदाताहरु माझ भन्न पाउँदा हाम्रो प्रकाशन टीम गौरवान्वित महसुस गर्दछ ।
तनहुँ आवाजको रुपमा, पछि तनहूँ आवाज पब्लिकेशन प्रा.लि.को रुपमा आफ्नो प्रकाशनलाई शुरुवात गरी निरन्तरता दिने संस्थापकदेखि हालसम्मको टीमको प्रत्यक्ष, अप्रत्यक्ष, भावनात्मक रुपमा, भौतिक रुपमा, आर्थिक रुपमा निरन्तरको सहभागिता र सद्भावले तनहूँ आवाज साप्ताहिकले आफ्नो २७ बर्षे किसोरावस्थामा पदार्पण गरेको सुखद् समाचार सम्प्रेषण गर्न पाउँदा तनहुँ आवाज परिवारले सुखद अनुभूति गरेको छ ।
तनहुँ आवाजको निरन्तर प्रकाशनमा विज्ञापन दाताहरुको सहयोग, पाठ बर्गको सद्भाव, लेखक बर्गको निस्वार्थ सहयोग, रचनाकारको निस्वार्थ सहयोग र सम्पादन टीमले आर्थिक लाभका दृष्टिले भन्दा पनि भाषिक र लेखकीय सीपको विकासको सौखले तनहुँ आवाजलाई अहिलेको गुणस्तरमा निरन्तरता दिन सकिएको सम्बद्ध सबै समक्ष विनासंकोच सार्वजनिक स्वीकारोक्ति गर्नै पर्दछ ।
अतः अगामि दिनमा पाठक बर्ग, सुभेच्छेक महानुभावहरु, लेखक बर्गको रचनात्मक सुझाव र सहयोगमा तनहुँ आवाज साप्ताहिकलाई अझै परिस्कृति, गुणस्तरीय बनाउन यो सम्पादन टिम हरदम रचनात्मक सुझाव, सहयोगको प्रतिक्षामा रहेको छ ।
समाचार
-
तनहुँका सबै क्षेत्रको नतिजा सार्वजनिक-कांग्रेस ४, एमाले र माओवादी १–१ स्थानमा विजयी
by Tanahu Awajby Tanahu Awajदमौली/मंसिर–४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन तर्फ तनहुको सबै परिणाम प्राप्त…
-
दमौली/विपी विचार समाज तनहुँले स्व. झुलबहादुर आलेका निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा…
-
कोटदरबार/आफ्नो दुःख, सुख र गाउँको विकासका लागि नेतृत्व गर्ने अभिभावक झुलबहादुर आलेलाई गुमाउनु पर्दा…
-
दमौली/प्रतिनिधि सभा २०७९ मा क्षेत्र नं. १ बाट कैची चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका…
-
बहुदल प्राप्तिपछि कै सबैभन्दा कम मतदान, प्रत्यक्षतर्फ संघ तथा प्रदेशमा कांग्रेस ठूलो दल बन्ने संकेत
by Tanahu Awajby Tanahu Awajरमेश विकलप्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फ १६५ र समानुपातिक तर्फ ११० तथा प्रदेश सभाका…
-
किसानहरुले मेहनत गरेर उत्पादन गरेको नगदेवालीका रुपमा रहेका तरकारीहरुले उचित बजार पाउन सके बेरोजगारीले…
-
रमेश विकलयस पटकको सघीय संसद र प्रदेश सभाको निर्वाचन चार दिनपछि मंसिर ४ मा…
-
दमौली/नेपाल सरकार तथा स्थानीय सरकारको तर्फबाट मंसिर ४ गतेको निर्वाचनलाइ लक्षित गरेर चार विज्ञप्ति…
-
दमौली/निर्वाचन आयोगले मंसिर १ गते राती बाह्र बजेपछिको समयलाई स्थिर समय भनेको छ ।…