राम्जाकोट/ऋषिङ्ग गापा ५ मा विपद व्यवस्थापन समिति गठन गरिएको छ । सामाजिक दुरी कायम गरी मंगलबार बसेको बैठकले वडाध्यक्ष पदमबहादुर थापाको संयोजकत्मा समिति गठन गरेको हो । अध्यक्ष थापाका अनुसार कोरोना भाइरसका कारण उत्पन्न असहज परिस्थितिमा स्थानीयलाई आवश्यक सहयोग गर्न तथा अन्य प्राकृतिक विपत्तीमा सहयोग गर्न उक्त समिति निर्माण गरिएको हो । अध्यक्ष थापाले भने गाउँपालिका वा स्थानीय सामुदायिक बन लगायत विभिन्न निकायको सहयोगमा कोष खडा गर्ने र आगोलागि बाढी पैरो भूकम्प जस्ता प्राकृति विपत्तीमा परेका परिवारलाई तत्काल सहयोग गर्ने उद्देश्यले समिति गठन गरिएको हो । वडासदस्य स्थानीय राजनीतिक दलका प्रतिनिधि वन समूहका अध्यक्ष, सहकारीका प्रतिनिधि सम्मिलित २९ सदस्यीय समितिका सदस्यहरुमा रामचन्द्र पोख्रेल, अतिराम दरै, भोमायाँ राना, श्रीमायाँ नेपाली रहेका छन् । यसैगरी अन्य सदस्यहरुमा युवराज वि.क., बलबहादुर थापा, जंगबहादुर थापा, भूलबहादुर दरै प्रेमनारायण बराल, दलबहादुर थापा, अप्सरा भट्टराई, विमला पोख्रेल, नोकबहादुर वि.क. चिरञ्जीवी ढकाल, रेशमायाँ कुमाल सदस्य सचिव सरीता पौडेल रहेका छन् ।
विपदको यो घडिमा सबैलाई संयमित हुन, जरुरी काम बाहेक घर बाहिर ननिस्कन, स्वास्थ्य समस्या देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न, वडावासीलाई अध्यक्ष थापाले आग्रह गरेका छन् । समितिले लकडाउनका कारण रोजगारी खोसिएका र अघिल्लो पटकको राहत वितरणमा छुटेका परिवारको तथ्याङ्क संकलन गरी तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको वडासदस्य तथा समितिका सदस्य रामचन्द्र पोख्रेलले बताए । यसैबीच वडा कार्यालयले दुई पटक गरी वडाका एक सय ९४ घरपरिवारलाई एक लाख पचास हजार रुपयाँ बराबरको राहत वितरण गरेको वडाका मुखिया सागर थापाले बताए । उनका अनुसार विभिन्न स्रोतबाट राहत सामाग्री जुटाएर बाँकी घरपरिवारलाई छिट्टै राहत उपलब्ध गराईने छ ।
समाचार
-
रमेश विकल कोरोना भाइरस डिजिजको संक्रमणबाट कसरी जोगिने भनेर संसार यतिबेला विभिन्न उपायहरुको खोजीमा…
-
शेरा/घिरिङ्ग गाउँपालिका वडा नं. ४ शेरामा बाँड्न लगेको राहत विवादका कारण वितरण कार्य स्थगित…
-
दमौली/व्यानपाले प्रत्येक वार्डमा स्वयमसेवक ब्यूरो गठन गर्नका लागि बुधबार सरोकारवालासंग समन्वय बैठक बसेको थियो…
-
भानु/नेपाल रेडक्रस सोसाईटी कलेस्ती उपशाखाको आव्हानमा वडा नंं ८ विर्ताका दुई जना व्यापारीले विश्वव्यापी…
-
प्रधानमन्त्रीको मंगलबारको संवोधन अनियमितताको आशंकालाई कुप्रचारको संज्ञा
by Tanahu Awajby Tanahu Awajसम्वाददाता÷प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै चीनबाट खरिद गरिएको स्वास्थ्य सामग्रीमा…
-
तनहुँ/चैत्र ११ गतेबाट देशभरबाट लागेको लक डाउनको तनहुँ जिल्लाको गाउँवस्तीमा आंसिक परेको छ ।…
-
घिरिङ्ग/गा.पा.को वडा नं. १ मा राहत सामग्री पुगेको वडाध्यक्ष गंगाराम कुमाल बताउनु हुन्छ ।…
-
विशेषसम्वाददाता/ विश्वभरि फैलिएको कोरोना भाईरसको संक्रमण नेपालमा फैलिने आशंकाले चैत्र ११ गतेबाट शुरु भएको…
-
ऋषिङ्ग/विदेशमा रहेका व्यक्तिहरु घरपरिवारको साथमा आई बसेको अवस्थामा जनप्रतिनिधिहरुलाई त्रास बढेपछि गाउँ गाउँमा पुगेर…
