दमौली/व्यास नगर पालिका विपद् व्यवस्थापन समितिको मङगलबार बसेको वैठकले विश्वव्यापि रुपमा फैलिएको कोरोना भाईरसका सम्बन्धमा पुर्व तयारी अन्तर्गत आपत्कालिन कोष खडा गर्दै तत्काल पाँच लाख वजेट विनियोजन गर्ने निर्णय गरेको छ । बैठकले आजबाट सञ्चालन हुने व्यास नगरपालिका अन्तरगतका माध्यमिक शिक्षा उत्तीर्ण परिक्षा(SEE) केन्द्रहरुमा हेल्पडेस्क सञ्चालन गर्ने र विशेष परिस्थितिमा क्वीक रेस्पोन्स टिम परिचालन गर्ने निर्णय गर्नुका साथै फिवर गन (Fever Gun) खरिद प्रक्रियालाई अघि बढाउने तथा स्यानिटाईजर खरिद गर्ने निर्णय गरेको छ ।
व्यास न.पा विपद् व्यवस्थापन समितिका संयोजक एवं वोर्ड सदस्य चन्द्रमाया परियारको अध्यक्षतामा बसेको वैठकवैठकले कोरोना भाईरसको महामारी साझा समस्या भएकोले जिल्ला स्थित विपद् व्यवस्थापन समितिको वैठक तत्काल बस्नका लागी अनुरोध गर्ने निर्णय गर्नुका साथै वडा स्तरीय विपद् व्यवस्थापन समितिलाई कोरोना भाईरस बारे सचेतना मुलक कार्यक्रम गर्न तथा सचेत रहन निर्देश गर्ने निर्णय र नगरपालिका भित्रको हेल्प डेस्कलाई निरन्तरता दिने निर्णय पनि गरेको छ । बैठकमा प्रदेश सांसद डोवाटे वि.क, जि.स.स प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरप्रमुख वैकुण्ठ न्यौपाने, उप–प्रमुख मीरा जोशी, प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्त लगाएतको उपस्थिति रहेको नगरपालिकाले जनाएको छ ।
समाचार
-
दमौली/लायन्स क्लव अफ तनहुँ दमौलीको अध्यक्षमा सरोज भण्डारी चयन भएका छन् । शनिवार व्यास…
-
थारु जातीको चर्चित घैला नाँच । सामाजिक संस्थाले नवलपुरको कलुवा क्षेत्रमा आएका अतिथिहरुलाई स्वागत…
-
अत्रौली/चलेको मोटरबाटो बडहरे खोलामा पक्की मोटरेबुल पुल बनाउने भन्दै विगत तीन बर्षदेखि बन्द भएको…
-
दमौली/नेपाल सरकारले दादुरा–रुवेला विरुद्ध देशव्यापी अभियान चलाएको छ भने कारोना भाईरस विरुद्ध बच्ने बचाउने…
-
दमौली/अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर व्यास नगरपालिकाले प्रथम व्यास नगर महिला खुल्ला हाफ म्याराथन…
-
दमौली/जिल्ला प्रशासन कार्यालय तनहुँले सूचना जारी गरी कोरोना भाइरसको संक्रमणबाट जोगिने उपाय अपनाउन र…
-
कमलवारी/सिद्धेश्वरी माध्यमिक विद्यालयमा अध्ययरत २३ बालबालिकाका अभिभावक पुरस्कृत भएका छन् । विद्यालयका प्र.अ. नारायणप्रसाद…
-
दमौली/“भाषा, साहित्य, संस्कृतिको उत्थान साहित्यिक जागरण हाम्रो अभियान” भन्ने नाराका साथ दमौलीमा फागुन अन्तिम…
-
कांग्रेस सभापतिद्वारा विभिन्न विभाग गठन तनहुँका भण्डारी, भट्टराई र वाग्ले समेटिए
by Tanahu Awajby Tanahu Awajकाठमाण्डौं/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकाल सकिनु तीन दिन अघि विभिन्न १३ विभागको…