ज्ञानेन्द्र शाह राजा भएको थोरै समयमात्र भएको थियो । आफु संवैधानिक राजा भएको भुलेर दाजु बिरेन्द्र जस्तो टुलुटुलु हेरेर आफु नबस्ने अहंकार ज्ञानेन्द्रले पस्किसकेका थिए । त्यसैको सेरोफेरोमा उनीसंग प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको एक भेटको सन्दर्भ बेलाबेला आउने गर्छ, नेपाली राजनीतिमा । केही दिन अगाडि राष्ट्रपति कार्यालय र राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदर्शित व्यवहारले ज्ञानेन्द्र र गिरिजाबीचको त्यो भेटको सन्दर्भ स्मरण गराएको छ ।
ज्ञानेन्द्र र कोइरालाबीचको उक्त भेटका सन्दर्भमा कोइरालाले आफ्ना निकट नेताहरुलाई बताए अनुसार कुराकानीका क्रममा ज्ञानेन्द्रले भने “पिएम जी तपाईँको नाम भ्रष्टाचारसंग जोडिएर आउन थालेको छ, त्यसैले राजिनामा दिनुुस् ।” जवाफमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भने “त्यसो त सरकारलाई पनि आमनागरिक दाजुको हत्यारा भन्छन् ।” त्यसपछि उनीहरुबीच कुनै कुराकानी भएन र कोइराला निस्केर हिँडे ।
गत शुक्रबार अर्थात जेठ ७ मा त्यस्तै घटना राष्ट्रपति कार्यालयमा भयो । १४९ सांसदको (संसदको बहुमत) हस्ताक्षर सहित प्रधानमन्त्री दावी गर्न राष्ट्रपति कार्यालय पुगेका पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधव नेपाल तथा बाबुराम भट्टराई लगाएत अन्य थुप्रै नेताहरुलाई सोधपुछका नाममा कार्यालय गेटमा १० मिनेट रोकेर राखियो । बल्लतल्ल प्रवेश पाएका उनीहरुलाई भण्डै ४० मिनेट प्रतिक्षा गराइयो । अझ दुःखद पक्ष के थियो भने न त्यहाँ पुगेका नेताहरुका लागि वस्ने पर्याप्त कुर्सीहरु थिए न पिउने पानीको व्यवस्था थियो न कसैले सोधीखोजी नै गरे ।
भनिन्छ, जनताको प्रतिनिधिका रुपमा उपस्थित गिरिजाप्रसाद कोइरालालाई अहंकारवश ज्ञानेन्द्रले भनेको बचन नै उनी र दलहरुबीच वेमेलको बीज बन्यो । अन्य कारणहरु त छँदै थिए । केही वर्षमै ज्ञानेन्द्र शासनको अन्त्य भयो । अहिले नेपाली नागरिक सात दशकदेखि जुन प्रणाली र संस्थाको स्थापनाका लागि लडे, त्यही संस्थाले जनप्रतिनिधिको अपमान गर्छ । केही समय अगाडिको घटना पनि सम्झौं, भीमबहादुर रावल लगाएत जनप्रतिनिधी नेताहरु राष्ट्रपति भेट्न सितल निवास जाँदा घण्टौं कुराइयो कर्मचारी मोवाईल अफ गरेर लुके र अन्ततः भेट गर्न नै दिइएन । व्यक्ति ज्ञानेन्द्रका कारण २३८ वर्ष पुरानो शाह वंशिय राजतन्त्रको अन्त्य भयो भन्ने मान्नेहरुको संख्या पर्याप्त छ । र मानिसहरु गम खान थालेका छन् कतै व्यक्ति विद्यादेवी भण्डारीका कारण सिंगो लोकतन्त्र, राष्ट्रपतिय प्रणाली नै धरापमा पर्ने त होइन् ? आशंका जन्माउने व्यक्ति विद्यादेवीको अहंकारको अवशान भने आवश्यक छ ।
समाचार
-
दमौली/क्षत्री समाज नेपाल जिल्ला कार्य समिति तनहुँले एक लाख बराबरको कोभिड–१८ सुरक्षा सामाग्री स्वास्थ्य…
-
रमेश विकलनेपालमा कोभिड–१९ संक्रमणको दोस्रो लहरमा उतार–चढाब भइरहँदा दुइ नयाँ भेरियन्टको संक्रमण पुष्टी भएको…
-
व्यासको चार वर्षे कार्य प्रगति समिक्षा :विभिन्न सोह्र क्षेत्रमा उल्लेख्य प्रगति
by Tanahu Awajby Tanahu Awajदमौली/तनहँको जेठो व्यास नगरपालिकाले आफ्नो चार वर्षे कार्यवधिको प्रगति विवरण सार्वजनिक गरको छ ।मंगलबार…
-
दमौली/नेपाल पत्रकार महासंघ तनहुँ शाखाको जेठ १ गतेको बैठकको निर्णयबाट स्थापना भएको पत्रकार कल्याणकारी…
-
खहरे/दुई छोरीकी आमा २८ बर्षिया मनुमायाँ थापा मंगलबार मृत अवस्थामा आफ्नै घरमा फेला परेको…
-
मकै गोडदै राम्जाकोटका किसान ः कोभिड–१९ को दोस्रो लहरले देश आक्रान्त भएपनि दिनभर काम…
-
दमौली/गोरखा वेल्फेयर ट्रष्ट नेपालद्वारा सञ्चालित खानेपानी तथा सरसफाई कार्यक्रमले शनिवार दमौली अस्पताल र व्यास…
-
दमौली/तनहुँमा जेठ १५ सम्म सरकारी तर्फबाट सञ्चालित बजेट फ्रिज भएर जाने योजना तथा आयोजना…
-
बागमती प्रदेश अन्तर्गतको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचन विहिबार हुँदैछ । उक्त निर्वाचनका लागि गृहमन्त्री…