दमौली/ऋषिङ गाउँपालिकाको आयोजनामा सम्पन्न दास्रो पलिकास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि बागलुङको गलकोट नगरपालिकाले हात पारेको छ । गतबर्ष संचालित पहिलो संस्करणको ऋषिङ अध्यक्ष कपको बिजेता तनहुँको शुक्लागण्डकी नगरपालीकालाई गलकोट नगरपालिकाले ३–२ को सेटमा पराजित गरेको हो । बुधबार ऋषिङ–१ झापुटारको शुक्ला माविमा सञ्चालित फाइनल खेलमा गलकोटले उपाधि जितेको हो । साथै प्रतियोगितामा स्याङ्जाको बिरुवा गाउँपालिका तेस्रो र तनहुँको भिमाद नगरपालिका चौथो भएको
थियो ।
विजेताहरुलाई ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा प्रथम हुने गलकोट नगरपालिकाले रु १ लाख ४० हजार, दोस्रो हुने शुक्लागण्डकी नगरपालिकाले रु १ लाख, तेस्रो हुने स्याङ्जाको बिरुवा गाउँपालिकाले रु ६० हजार र चौंथो हुने तनहुँको भिमाद नगरपालिकाले रु ३० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
शनिबारदेखि शुरु भएको खेलमा तनहुँ, कास्की, नवलपुर, स्याङ्जा र बाग्लुङका पालिकाहरुबाट १६ टिमको सहभागिता रहेको थियो ।
समाचार
-
-
छानुङ/घिरिङ गाउँपालिका वडा नं. २ छानुङमा एक घरमा आगलागि हुँदा छ जनाको परिवार विस्थापित…
-
दमौली/नेपाली काँग्रेसका नेता गोविन्दराज जोशी मंसिर १२ गतेबाट दोस्रो चरणको मतदाता भेटघाट तथा अन्तरक्रिया…
-
गल्वुवेशी/व्यास–१ गल्वुवेशी स्थित नवआर्दश आमा समूहलाई स्थानीय हरि बहादुर हड्खलेले झण्डै पच्चिस लाख मूल्य…
-
कांग्रेस तनहुँको पार्टी सत्तामा जितप्रकाश पदाधिकारीमा न्यौपाने प्यानलका मिलन मात्रै
by Tanahu Awajby Tanahu Awajरमेश विकलनेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत मंसिर ११ मा सम्पन्न जिल्ला अधिवेशनबाट तनहुँ कांग्रेसको…
-
दमौली/निर्माण कार्यमा ढिलाइ नगर्न ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले निर्देशन दिएकी छन्…
-
१४औं अधिवेशनमा गुटगत प्रतिष्पर्धा, आगामी निर्वाचनमा पराजित हुने चिन्ता
by Tanahu Awajby Tanahu Awajदमौली/नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत वडा, गाउँ, नगर, प्रदेश, क्षेत्रको निर्वाचन सम्पन्न गरेर अब…
-
दमौली/नेपाल रेडक्रस सोसाईटीले आफ्ना स्वयमसेवक, प्रत्येक पालिकाका कर्मचारी, जिल्ला प्रशासन, नेपाल प्रहरी, कारागारका कर्मचरीहरुलाई…
-
