बेलचौतरा/उर्जा, जलश्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले देशमा विद्युतको उत्पादनमा क्रमषः वृद्धि हुँदै गएकोले विद्युतिय समाग्रिको प्रयोग बढाउन आग्रह गरेकी छन् ।
मन्त्री भुषालले तनहुँको शुक्लागण्डकी नपा–५ बेलचौतारामा सोलारबाट उत्पादित पाँच मेघावाट विद्युतको उट्घाटन गर्ने क्रममा उक्त आग्रह गरेकी हुन् । सोलार फार्म प्रालीले नेपालमै पहिलो पटक सोलरबाट उत्पादन गरेको विद्युतलाई मंगलबार राष्ट्रिय प्रशारण लाईनमा जोड्दै मन्त्री भुषालले स्वदेशकै उर्जा खपत गरी आयातित ग्याँसलाई प्रतिस्थापन गर्न सबै नागरिकलाई आग्रह गरिन् । विद्युतको बढी भन्दा बढी खपत गरि देशलाई अर्थतन्त्रमा बलियो बनाउने अभियान सुरु भएको भन्दै भान्सादेखि सडकसम्म विद्युतीय सामाग्रीको प्रयोगमा जोड दिन सबैलाई आग्रह गरेकी उनले आगामी दुई बर्ष भित्रमा देशभर विद्युतीकरण गर्ने लक्ष्य लिएको जानकारी समेत गराइन् ।
प्रालीबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणले ७ रुपैया ३० पैसामा प्रतियुनिटमा २५ वर्ष सम्म खरिद गर्ने सम्झौता भएको जानकारी गराउँदै फार्मका निर्देशक शंकरजंग गुरुङले स्वदेश तथा विदेशामा रहेका गैर आवसीयहरुको ४३ करोड लगानीमा निर्माण सम्पन्न भएको बताए ।
बेलचौतारा स्थित भानुभक्त क्याम्पसको सय रोपनी जग्गा २५ वर्षका लागि भाडामा लिएर निर्माण गरिएको अयोजनामा १३ हजार ५ सय सोलार प्यानल जडान गरिएको छ ।
समाचार
-
रमेश विकलनेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत देशभर सबैभन्दा तल्लो तह, वडा अधिवेशन भदौ १८…
-
दमौली/तत्कालिन नेपाल कम्युनिस्ट पार्टी एमालेबाट विद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी विभाजन…
-
तनहूँको भानु नगरपालिका वडा नं. ७ बसन्तपुरमा रहेको यो घर विगत तीन बर्षदेखि ताला…
-
दमौली/नेपाली कांग्रेसको १४ आंै महाधिवेशन अन्तर्गत भोली शुक्रबार गाउँ तथा नगरका वडाहरुको अधिवेशन हुने…
-
दमौली/तनहुँ सञ्चार सहकारी संस्थाको छैटौं आधिवेशन मंगलबार दमौलीमा सम्पन्न भएको छ ।नेपाली काँग्रेसका पूर्व…
-
नेपाली काँग्रेसका नेता अमरराज कैनीको प्रशिक्षणबाट २०३४ सालदेखि निर्मल माविको नेपाली विद्यार्थी संघको सदस्यबाट…
-
-
दमौली/निरन्तर एक हप्ता भन्दा बढी समयको प्रयासमा पनि व्यास नगरपालिका वडा नंं. २ स्थित…
-
दमौली/कांग्रेस भित्रको सदावहार रोगको रुपमा रहेको क्रियाशील सदस्यता विवाद चौंधौं महाधिवेशनको सन्दर्भमा भने सल्टिएको…