दमौली/व्यास नगरपालिकाले गएका तिन बर्षमा भौतिक पूर्वाधार विकासमा ठूला फड्को मारेको उल्लेख गरेको
छ ।
आइतबार जनप्रतिनधिहरु निर्वाचित भएको तिन बर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा नगर प्रमुख बैकुण्ठ न्यौपानेले नपाले यो अवधिमा विकास योजनाहरूको कार्यान्वयनमा उल्लेखनीय प्रगति गरेको जनाए । नगर प्रमुख न्यौपानेले नगरसभा, कार्यपालिका, बड़ा समिति लगायत विषयगत समितिहरूको सबै निर्णयहरू सर्वसम्मत भएको कुरालाई नपाको उपलब्धिको पहिलो नम्बरमा उल्लेख गरे ।
नपाले वडा नं ६, १३ र १४ को कार्यालय भवन निर्माण सम्पन्न भएको तथा वडा नं ८ को निर्माणको चरणमा रहेको र वडा नं ३ को निर्माण प्रारम्भ भएको कुरालाई समेत उपलब्धिको अग्र भागमा राखेको छ ।
कार्यक्रममा नगरको उपलब्धि प्रस्तुत गर्दै प्रमुख न्यौपानेले नगरले शिक्षा, स्वास्थ्य, वातावरणीय सरसफाइ र सडक विस्तारका क्षेत्रमा पनि उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गरे ।
नपाले यो अवधिमा झण्डै १५ किलोमिटर सडक कालोपत्रे कार्य सम्पन्न गरेको उल्लेख गरेको छ भने महिला सशक्तिकरण, युवा सहभागिता, पर्यटन प्रवद्र्धन, र स्थानीय शासनमा पारदर्शिता कायम गर्ने अभियानहरूमा पनि सक्रियता देखाएको जनाएको छ ।
नगरप्रमुख न्यौपानेले विकास निर्माणमा जनप्रतिनिधिहरू, कर्मचारी तथा जनताको साथ लिएर अघि बढिरहेको उल्लेख गर्दै यो अवधिमा सहयोग पुयाउने सम्पूर्ण राजनैतिक दल, निवर्तमान एवं पूर्व जनप्रतिनिधि, सुरक्षा निकाय, आम नगरवासी र सन्चार क्षेत्रका मित्रहरूप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि सहयोगको निरन्तरताका लागि अनुरोध समेत गरे ।
व्यास नपाले यो अवधिमा वडा नं ११ मा चिस्यान केन्द्र निर्माण गरी सञ्चालनमा ल्याएको छ भने वडा नं १० मा बैरेनी जग्गा विकास आयोजना व्यास–१० मा सम्पन्न हुने चरणमा रहेको छ ।
यसैगरी व्यास–१० मै निर्माण गर्न लागिएको नारेश्वर ताल यसै आर्थिक बर्षमा बाँध निर्माण सम्पन्न हुने छ । वडा नं १,२,३,४,५,६,७,८,९,१०,११ र १३ का कार्यालयदेखि सदरमुकामसम्म कालेपत्रे सड़क पहुंच विस्तार भएको छ भने व्यास नगर अस्पताल व्यास १० दुम्सी बजारमा निर्माण सम्पन्न भएको छ ।
अभिभावक विहिन वलवालिकाका लागि आवास सहितको समता विद्यालय संचालनमा ल्याएको व्यासले सामुदायिक विद्यालय सुधारका कार्यहरु चलिरहेको आफ्नो प्रगति विवरणमा उल्लेख गरेको छ ।
समाचार
- 
	
दमौली/नेपाल बार एशोसियशन तनहुँ बार इकाइको २१औं अधिवेशनले अध्यक्षमा अधिवक्ता सरीता थापा भण्डारीलाइ चयन…
 - 
	
दमौली/तनहुँको व्यास नगरपालिका–६ शिसाघाट स्थित महेन्द्रज्योती माध्यामिक विद्यालयको पूर्व विद्यार्थी मञ्चद्धारा शुक्रबार विद्यालयमा अध्ययरत…
 - 
	
दमौली/जिल्ला बुद्धिचाल सङ्घ तनहुँको अध्यक्षमा कृष्ण रुचाल सर्वसम्मत निर्वाचित भएका छन् । सङ्घको गत…
 - 
	
दमौली/व्यास नगरपालिका ६ स्थित शिशाघाट बजारमा शिसाघाट आयुर्वेद औषधालयको भवन निर्माण गरिएको छ ।नव…
 - 
	
दमौली/व्यास नगरपालिकाको वडा नं. ४ र ५ जोड्ने पृथ्वीराजमार्ग अन्तर्गतको मादी नदी पुलबाट पिकअप…
 - 
	
दमौली/सत्यवती माध्यमिक विद्यालय व्यवस्थापन समितिको सिफारिसमा व्यास नगरपालिकाले सत्यवती माध्यमिक विद्यालयमा कार्यरत प्रथम तहका…
 - 
	
चितीखोला÷भानु नगरपालिकाले मस्याङ्गदी नदीमा जलविहारको प्रबद्र्धन गरेर समग्र भानुलाइ पर्यटकीय क्षेत्रको रुपमा विकाश गर्ने…
 - 
	
ग्रीन हिल भिलेज सामुदायिक होमस्टेका सञ्चालकहरु अतिथिको स्वागत गर्न मुस्कान सहित तयारी पोजिसनमा ।…
 - 
	
दुलेगौंडा/शुक्लागण्डकी नगरपालिका वडा नं. ८ को एक्लेडाँडामा बुद्धको प्रतिमा बन्ने भएको छ । बुधबार…
 
