संसारमा पर्यटनको सुरुवात कर्ताको रुपमा बेलायती व्यापारी थोमस कुकलाई मानिन्छ । उनले सुरुवात गरेको पर्यटन अर्थात घुमघामको अवधारणालाई अहिले संसारका सबै देशले आफ्नो समृद्धिको आधार मानेका छन् । त्यसैले त सबै देशहरु पर्यटनको विकासमा जोड तोडले लागि परेका छन् । हुनपनि पर्यटनको राम्रो विकास गरेका देशको लोभलाग्दो आर्थिक विकासले सबैलाई सोच्न बाध्य बनाएको छ । र पर्यटनको विकासका लागि पूर्वाधारहरु तयार गर्ने तर्फ सबै मुलुकहरु लागि परेका छन् ।
स्वदेशी तथा विदेशी पर्यटकका लागि नेपाल आकर्षक गन्तव्य हो । यहाँको भौगोलिक, सांस्कृतिक, जैविक,परम्परागत विविधता संसारका मानिसका लागि रुचिको विषय हो । हामी नेपालीका लागि पनि नेपालकै अन्य स्थानको भूगोल, संस्कृति र परम्परा नौलो लाग्ने खालको र त्यसबारे जान्ने रहर जाग्ने खालको छ । प्राकृतिक सुन्दरताको त कुरै भएन । त्यसै नेपाल विश्वका १० आकर्षक गन्तव्य भित्र परेको होइन । संसारको अग्लो चुचुरो सगरमाथा हामीसंग छ । संसारमा अन्यत्र नपाईने विभिन्न वनस्पति तथा जीवजुन्तु नेपालमा पाईन्छन् । भनिन्छ, रारा तालमा पाईने एक खालको माछा, संसारमा अन्यत्र कतै पाईँदैन ।
नेपालमा हजारौं यस्ता पर्यटकिय गन्तव्यहरु छन्, जसले आन्तरिक तथा वाह्य पर्यटकको मनलाई लोभ्याउँछन् । साहसिक पर्यटनका लागि पनि नेपाल आकर्षक गन्तव्य नै हो । यसै सन्दर्भमा यस आवको बजेट मार्फत सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि भनेर कर्मचारीहरुलाई १० दिनको तलब सुविधा सहति काज प्रदान गर्ने र सो अवधिमा नेपालका विभिन्न पर्यटकिय गन्तव्यमा जानु पर्ने व्यवस्था गरको
छ । अन्य राष्ट्र सेवकलाई यो सुविधा प्रदान गर्ने तर शिक्षकलाई नगर्ने कुराले कार्यक्रम विवादित भए पनि आफैमा पर्यटन प्रवद्र्धनका लागि उपयुक्त काम भने हो । यसले नेपालका नयाँ पर्यटकिय गन्तव्य पहिल्याउन र त्यसको प्रचारप्रसार तथा विकासमा सहयोग पुग्ने छ । पर्यटनलाई आर्थिक समृद्धिको मार्गमा मुख्य सहयोगीका रुपमा लिएर आन्तरिक तथा वाह्य पर्यटनको विकास गर्न सके हामी पनि छिट्टै समृद्ध मुलुक बन्न सक्छौं । यता तर्फ सबैको ध्यान जाओस् ।
विचार/दृष्टिकोण
-
‘हातका मैला सुनाका थैला के गर्नु धनले ?साग र सिस्नु खाएको वेश आनन्दी मनले…
-
निर्धारित समय भन्दा अक्सर दश पन्ध्र मिनेटदेखि आधी घण्टासम्मको ढिलाईमा सहभागिहरुको उपस्थिति । अझ…
-
संविधान दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न व्यक्तिहरुलाई पदकले बिभुषित गरिन्…
-
केही वर्ष अगाडी देखि बालापनको सम्झना गर्दै गुनगुनाइने गीत मध्येको प्रीय गीत हो यो…
-
संसारमा अरबौं मानिसहरु छन् । ती अरबौं मानिसहरुसंग केही न केही प्रतिभाहरु पक्कै हुन्छ…
-
तीन दिनपछि नेपालको वर्तमान गणतान्त्रिक संविधान जारी भएको ६ वर्ष पूरा भएर ७ वर्ष…
-
आलेखको शुरुवात एउटा प्रश्नबाट गर्न मन लाग्यो । के विदेशी सहयोगबिना नेपालले विकास गर्नै…
-
हिजो नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले आफ्ना संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको स्मरण गरे ।…
-
हिन्दु सभ्यताका अनुयायी महिलाको महत्वपूर्ण पर्व तीज आज धुमधाम साथ मनाईँदै छ । तीज…
