यो साता मगर समुदायका एक सहकर्मीको वैवाहिक समारोहमा सहभागी हुने मौका मिलेको थियो । समारोहमा सहभागी परिचित एक युवालाई सोधें “नाको झेर्मुन ले ?” उनले जवाफ दिए, झेर्मुन ले । के सोचेर हो कुन्नी उनले अगाडी थपे, सञ्चो विसञ्चो सोध्न, खाना खाए नखाएको सोध्न तथा त्यस्ता प्रश्नको जवाफ फर्काउन सक्छु । कसैले मगर भाषामा गरेको कुरा बुझ्छु तर सबैको जवाफ फर्काउन सक्दिन ।
यो एउटा प्रतिनिधि उदाहरण हो, नेपाली बाहेक अन्य मातृभाषी नेपाली युवा र बालबालिकाको अवस्थाको । आमाको काख वा बाबुको पिठ्युँमा बसेर बोल्न सिक्दै गर्दा सिकेको भाषा उनीहरुका लागि अब कठिन बन्दै गएको छ । अधिकांशका घरमा अंग्रेजी जुन उनीहरुका लागि तेस्रो भाषा हो, त्यो जान्नै पर्ने दवावमा छन् । कोही पाहुना आउँदा मातृभाषा होइन अंग्रेजीमा आर यु फाईन ? भनेर सोध्यो भने विलक्षण सन्तान जन्माएकोमा गर्वले छाती फुलाउने हामी अभिभावक छौं । अनि केहीका घरपरिवारमा मातृभाषा बोल्दाभन्दा नेपाली भाषामा बोल्दा खुसी हुने आमाबुबाहरु पनि छन् ।
आफ्नो मातृभाषा छोडेर अरु भाषा सिक्नु हुँदैन वा बोल्नु हँुदैन भन्न खोजेको होइन । सक्दो धेरै भाषा सिक्नु र जान्नु पर्छ जसका कारण हामीलाई आफ्नो जीवन यापनमा सहयोग पुग्छ । तर आफ्नो मातृभाषा बोल्दा पिछडिएको भइने भय पाल्नु र दोस्रो वा तेस्रो भाषाको पछाडि दोडनु चाहीँ हुँदैन । संसारमा सात हजारभन्दा बढी प्रकारका भाषाहरु बोलिन्छन् । नेपालकै कुरा गर्ने हो भने झण्डै १२३ प्रकारका भाषाहरु बोलिन्छन् । ति सबै भाषाहरुको संरक्षण हुनसके हाम्रो विविधताको संरक्षण हुन्छ । नेपालको सुन्दरता भनेकै यहाँको भौगोलिक, सांस्कृतिक, भाषिक, विविधता हो । यो सुन्दरतालाई जोगाई राख्ने र प्रत्येक मातृभाषीले आफ्नो अस्तित्व जोगाई राख्न पनि आफ्नो मातृभाषालाई लोप हुनबाट जोगाउनु पर्छ ।
हरेक वर्ष जस्तै यो वर्ष पनि गत सोमबार फेब्रुअरी २१ तारिखमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो । यो मनाउनुको कारण भनेको मातृभाषाको संरक्षण र विकासमा सबैको ध्यान जाओस् भन्ने नै हो । यो वर्ष “बहुभाषी सिकाइका लागि प्रविधिको प्रयोगः चुनौती र अवसरहरू” भन्ने नाराका साथ अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो । बालबालिकालाई उपयुक्त सिकाइको अवसर प्रदान गर्दै समावेशी समतामूलक समाज निर्माणका लागि अब बहुभाषिक सिकाइ प्रक्रृया अबलम्बन गर्नु जरुरी छ । अवश्य पनि यसमा चुनौतिहरु छन् तर तिनको सामना गर्दै सिकाइमा प्रविधिले प्रदान गरेको अवसरको सदुपयोग गर्दै अगाडी बढ्न सकौं । मातृभाषा बचाऔँ । आफ्ना सन्तानका लागि सिकाइ अनुकुल वातावरण निर्माण गरौं ।
विचार/दृष्टिकोण
-
पृष्ठभूमिःसंसदबाट एमसीसी पास गराउने अस्त्रको रुपमा मुलुकको प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रस्ताव दर्ता गराइएको सन्देश…
-
स्वतन्त्रताको स्वादको कुरा गर्दा २०६१ माघ १९ मा तत्कालिन राजा ज्ञानेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्त…
-
अमेरिकी सहयोग सम्बन्धी परियोजना (मिलेनियम च्यालेन्ज कम्प्याक्ट MCC सम्झौता नेपालको संसदबाट अनुमोदन गर्ने लक्ष्यका…
-
-
पृष्ठभूमिःनावालाकलाई संरक्षण गर्न सक्छ, हुन्छ भनेर परिवार, गाउँ समाजले पत्याएको व्यक्तिलाई ‘माथवर’ भनिन्छ ।…
-
दमौली अस्पतालमा कार्यरत चिकित्सकहरुले तलब तथा प्रोत्साहन भत्ता नपाएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकषर्ण…
-
अबको स्थानीय निर्वाचन समयमै होला या नहोला अन्यौलताको अन्त्य तत्कालको लागि भएको छ ।…
-
सोमबार बसेको मन्त्रीपरिषद्को वैठकले आगामी वैशाख ३० मा देश भरका ७५३ स्थानीय तहको निर्वाचन…
-
पृष्ठभूमिःबाटो, निकास, पशु निकाल्ने निकास कूलो, नहर लगायतका सुविधा प्रयोग गर्नका लागि जो जसको…