हिन्दु सभ्यताका अनुयायी नेपाली महिलाको महत्वपूर्ण पर्व तीज नजिकै आइसकेको छ । तीज नजिकिँदै गर्दा वितेका वर्षहरुमा जस्तै यो वर्ष भड्किलो बन्दै गएको र यसले आफ्नो मौलिकता गुमाएकोमा चिन्ता व्यक्त हुन थालेका छन् । यही मेसोमा जिल्ला प्रशासन कार्यालय तनहुँले विज्ञप्ती निकालेर तीज मनाउने नाममा अत्यन्त खर्चिला र भड्किला कार्यक्रमहरु गर्ने गरिएको भनेर गुनासाहरु आउन थालेको जनाउँदै तीजको नाममा कुनै पनि खालमा खर्चिला तथा महंगा गतिविधिसंग सम्बन्धित कार्यक्रम सञ्चालन नगर्न, नगराउने अनुरोध गरेको छ । विज्ञप्तीमा आफ्नो परम्परा तथा सामाजिक रिती रिवाजलाई निरन्तरता दिने खालका कार्यक्रम गर्न भनिएको छ ।
पछिल्लो समयको कुरा गर्ने हो भने तीजको सादगी र मौलिकता हराएको छ । साउन महिना लाग्दै देखि तीजको दर खाने कार्यक्रम सरु हुन्छ । त्यो पनि मदिरा र मासु मिश्रित अनि महंगा होटल र पार्टी प्यालेसहरुमा । अब दरखाने भनेर तीजको अघिल्लो रात अबेला परिवारका सबै जम्मा भएर करेला र भिण्डीको अचार अनि तामाको तरकारीसंग केराको पातमा ध्यूले लचप्प भएको खाना खाने दिन एकादेशको कथा भएको छ ।
तीजमा गाइने गीतका कुरा गरौं । पहिले गाइने तीजका गीतमा समाजको यथार्थ तस्विर हुन्थ्यो । समाजले भोगेका सुख दुःखका कथा तीजका गीतमा हुन्थे । गाउँको कुनै घरमा छरछिमेकका महिला जम्मा भएर ती गीतहरु गाउँदै नाच्थे अनि आफ्ना दुःखहरु भुल्थे । अहिलेका गीतमा समाजको दुःख सुखका कथा हुँदैनन् बरु पेटीकोटमात्र लगाएर नाचेका गीत भाइरल हुन्छन् ।
पहिलेका तीजमा धनी, गरिबसबैको सहभागिता हुन्थ्यो । तर अहिलेको साउन लाग्दैदेखि महंगा होटल अनि पार्टी प्यालेसमा मदिरा र मासु सहित खानु पर्ने दर, लगाउनु पर्ने महंगा लुगा आदिका कारण गरिबको त कुरै छाडौं मध्यम वर्गिय परिवारका लागि समेत तीज मनाउने कुरा आँखा तरि मर भनेझैं भएको छ ।
भड्किलो र विकृत बन्दै गएको तीजलाई सादगीपूर्ण अनि हाम्रो सभ्यता, संस्कृति र परम्परा बचाउने गरि मनाउने जरुरी छ । यो कुराको नेतृत्व पढेलेखेका र समाज सुधारमा लागेका महिलाहरुले गर्ने हो । उनीहरुले चाहेमा तीजबाट भड्किलोपन र विकृति हटेर जान्छ । आउनुहोस् दिदी बहिनी सबैले हाँसी खुसी मनाउन सक्ने पर्व बनाउने अभियानमा आजैबाट लागि परौं । तीजको सबै नेपाली आमा, दिदी तथा बहिनीहरुमा शुभकामना ।
विचार/दृष्टिकोण
-
पृष्ठभूमिःप्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारीत भै सभामुखबाट प्रमाणित गरी राष्ट्रिपति समक्ष पेश भएको…
-
शैक्षिक शत्र २०७८ को एसइर्एई(माध्यमिक शिक्षा परीक्षा) को नतिजा प्रकाशन भएसंगै यसबारे विवेचना सुरु…
-
पृष्ठभूमिःकसूरको मात्रा र सजाय निर्धारणको अनुपात मिलान नभए न्यायीक अराजकता प्रकट हुन जान्छ भन्ने…
-
अङ्ग्रेजी महिना अगस्टको ९ तारिखलाई विश्वभर, विश्व आदिवासी दिवसको रुपमा मनाईन्छ । नेपालमा पनि…
-
–केही दिन अगाडि गण्डकी प्रदेश सरकारले सवारी साधनमा लाग्ने कर निर्धारित समयमा नतिरेमा त्यस…
-
पृष्ठभूमिःसंविधानले प्रत्याभूत गरेका नागरिक अधिकारलाई मुलुकी देवानी संहिताले पनि सुरक्षण प्राप्त गरेको छ ।…
-
आज विश्व स्तनपान सप्ताहको चौथो दिन । यो विश्व दिवस हरेक वर्ष अगस्त १…
-
नेपालमा संघियता लागु भएपछि गाउँ गाउँमा सिंहदरबार आउँछ, जनताको मर्का र गुनासोहरुको स्थानीय तहमै…
-
हामी मध्ये धेरैलाई थाहा नहुन सक्छ कि बाघलाई अम्ब्रेला स्पेसिज अर्थात छाता प्रजातिको नामले…