झण्डै दुइ शताब्दीदेखि विश्व मानव समुदायको लागि स्वास्थ्य समस्या र चिन्तको विषय बनेको, परम्परागत नाम खबटे र अहिले भनिने नाम क्षयरोग हो । किनभने कतिपय रोगहरु देखा पर्छन् अनि त्यसको औषधी पत्ता लागेपछि हराएर जान्छन् तर क्षयरोग हालसम्म स्वास्थ्य समस्याको रुपमा रहिरहेको छ । आजको यथार्थ के हो भने मेडिकल विज्ञान लगायत उपचार पद्धति यो उचाईसम्म पुग्दा पनि विश्व जनसंख्याको एक तिहाई जनसंख्या क्षयरोगको किटाणुको संक्रमण जोखिममा देखिन्छ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार, हरेक वर्ष करिब ४४ हजार नयाँ क्षयरोगी नेपालमा थपिने र करिब ५ देखि ७ हजार नेपाली क्षयरोगले वर्षेनी मृत्युवरण गर्छन् ।
आज संसारभर र नेपालमा क्षयरोग दिवस मनाईंदै छ । यो दिवस मनाउनुको उद्देश्य क्षयरोग विरुद्ध विश्व व्यापी र देशव्यापी जागरण ल्याउनु तथा चेतना फैलाउनु हो जसका कारण क्षयरोग लाग्नै नदिने तर्फ आम मानिसको ध्यान जाओस् अनि तल भनिएका लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परिक्षण गराई चिकित्सकको निगरानीमा नियमित औषधी खाएर पहिले जस्तै पूर्ण स्वस्थ्य बनुन् भन्ने नै हो ।
तीन हप्ता या बढीदेखि खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो या छाती भारी भइरहेमा, अकस्मात् धेरै तौल घटेमा, पसिना आउने धेरै भएर थकान बढी महसूस भएमा क्षयरोग लागेको अनुमान लगाउन सकिन्छ । अहिले हामी क्षयरोगसंग डराउनु पर्ने अवस्था छैन । पहिलो कुरा त नेपालमा यसको उपचार निःशुल्क हुन्छ । दोस्रो नियमित औषधी सेवन गरेमा यो रोग पूर्णतः निको हुन्छ । उपचार पद्धतिको विकास भएको छ अनि निःशुल्क उपचार हुन्छ भनेर लापरवाही गर्नु चाहिँ हुँदैन ।
डाक्टर रबर्ट काचले क्षयरोगको कारक ब्याक्टेरिया पत्ता लगाएको घोषणा गरेको दिन मार्च २४ को उपलब्धिको सम्झनामा विश्वभर मनाइने क्षयरोग दिवसको मुल उद्देश्य त रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्नु नदिनु उत्तम हो भन्ने कुराको स्मरण विश्व मानव समुदायलाई गराउनु हो । तसर्थ अन्य सावधानीका अतिरिक्त रक्सी तथा चुरोटको सेवन नगर्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका खानाहरु खाने र आफ्ना आफन्त तथा साथीभाइलाई खान सल्लाह दिने गरेर यसको संक्रमण र सम्भावित मृत्युबाट हामीले आफु,आफन्त र साथीभाइलाई बचाउन सक्छौं । उत्पादक उमेर समूह (१५–४९) लाई संक्रमणको शिकार बनाउने यो रोगबाट बचौं र बचाऔं ।
Tanahu Awaj
-
ऐतिहासिक महत्वको लिगलिगकोट, गोर्खामा राखिएको नेपालको राष्ट्रिय झण्डा र झण्डालाई पृष्ठभूमिमा पारेर तस्विर खिचाउँदै…
-
मंगलबार मार्च २२,विश्व पानी दिवस । “Ground water: making the invisible visible” भन्ने नाराका…
-
दमौली÷छिमकी चीन लगाएत विश्वका कतिपय देशमा कोरोनाको चौथो भेरियण्ट डेल्टाक्रोनको संक्रमण बढीरहँदा नेपालमा भने…
-
दमौली/नेपाल पत्रकार महासंघ तनहुँले स्थापना गरेको कल्याणकारी कोषमा बुधबार रकम थपिएको छ । दुग्ध…
-
दमौली/नेपाल सरकार मन्त्रिपरिषदको फागुन १६ गतेको निर्णयबाट राष्ट्रिय भूमि आयोग तनहुँमा तीन सदस्य थप…
-
दमौली/चैते दशैंको सन्दर्भ पारेर प्रत्येक बर्ष गरिने महोत्सव यस बर्ष पनि शुक्लागण्डकी खैरेनीटार महोत्सवको…
-
दमौली/नेपाली काँग्रेस भानु नगर समितिले आशन्न स्थानीय निर्वाचन र नेपाली काँग्रेस स्थानीय कार्यकर्ताको भावनाको…
-
-
पृष्ठभूमिःसंविधान, ऐन, नियम, निर्देशिकाले बाधा नपु¥याए पनि पितृत्व ठेगान नलागेका, जन्मसिद्ध संरक्षक गुमाएका शिशुहरु…
