नेपाली कांग्रेसले स्थानीय निकाय निर्वाचनका बेला सार्वजनिक गरेको प्रतिवद्धता पत्र अन्तर्गत हाम्रो प्रतिज्ञा शीर्षकमा हामी के गर्दैनौ भन्ने उपशिर्षक छ । त्यसको पहिलो बुँदामा भनिएको छ, ‘जनताको करबाट उठेको राजस्वलाई भ्युटावर, स्वागतद्वार जस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्दैनौं ।’
अरु विभिन्न कारणहरु संगै प्रतिज्ञाको पहिलो बँुदामा भएको यही कुरामा विश्वास गरेर होला सायद नेपाली मतदाताले २०७४ को निर्वाचनमा २६६ पालिका प्रमुखमा जिताएकामा यस पटक ३२९ पालिकाको प्रमुखमा जित दिलाए ।
तर कांग्रेसका जनप्रतिनिधिहरु आफ्नै प्रतिज्ञाबाट दुई महिना नपुग्दै पछि हटेको अनुभव आमनागरिकले गर्न थालेका छन् । किनभने केही दिन अगाडि गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा शुक्लागण्डकी नपा १२ मा तमु हिलपार्कको प्रवेशद्वार निर्माण गर्न रकम विनियोजन गरिएको छ । यसैगरी ऋषिङ गाउँपालिका वडानं ३ मा रहेको भ्यूटावरको प्रवेशद्वार निर्माण गर्न पालिकाले बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेश सरकारको नेतृत्व कांग्रेसले गरेको छ अनि ऋषिङ गापा तथा उक्त वडाको नेतृत्व पनि कांग्रेसकै छ ।
यि त उदाहरण मात्र हुन् । यसै महिना सार्वजनिक स्थानीय तहका सरकारहरुको बजेटलाई हेर्ने हो भने अरु दलले नतृत्व गरेका प्रदेश र स्थानीय निकायमा पनि यि र यस्ता थुप्रै अनुत्पादक क्षेत्रमा रकम विनियोजन गरेको पाउन सकिन्छ । देश यतिबेला आर्थिक संकटबाट गुज्रिरहेको छ । यस्तोमा जनप्रतिनिधिले उत्पादन मुलक क्षेत्रमा लगानी गरी उत्पादन वृद्धि र आय आर्जनका उपायहरु अवलम्बन गर्नु पर्ने हो । तर स्वागतद्वार निर्वाण, प्रवेशद्वार निर्माण, भ्यू टावर निर्माण जस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्ने क्रम केही कम भएपनि उल्लेख्य रुपमा घट्न सकेको छैन ।
बाटोघाटोको समस्या ज्यूँका त्यूँ छ । नागरिक खानेपानीको समस्यामा छन् । बालबालिका वर्षा याममा जोखिम मोल्दै खोला तरेर विद्यालय जानु पर्ने अवस्था छ । ति ठाउँमा पुल हालिदिन सके तिनीहरुको भविष्य रेखा नै भिन्नै हुने थियो । यस्ता कुराहरुमा ध्यान दिँदै अनुत्पादक क्षेत्रमा गरिएको लगानीलाई नागरिकका आधारभूत आवश्यकता परिपूर्तिको क्षेत्रमा लगानी गर्दा जनप्रतिनिधिको गरिमा बढ्ने र विश्वास समेत बढ्ने थियो । गर्छु भनेका कतिपय काम गर्न नसकिएला तर गर्दिन भनेको काम चाहिँ नगरौं, हाम्रो आग्रह ।
Author
Tanahu Awaj
-
२०९ औं भानु जयन्तीको अवसरमा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले असार २८ गते आयोजना…
-
पूर्व जनप्रतिनिधिको सम्मानः ऋषिङ गाउँ पालिकाले आफ्ना पूर्व जनप्रतिनिधिलाई गत साता एक कार्यक्रम गरी…
-
दमौली/नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाले आफ्नो ३९औ साधारण सभा सम्पन्न गरेको छ । अधिवेशन…
-
दमौली/२०१९को अन्त्य तिर देखापरेको कोभिड–१९ को संक्रमणमा निरन्तर उतार चढाब कायम छ ।यो साता…
-
चोट भएनि सानो मलम सबैलाई चाहिन्छ !मलम किन्न पनि रकम सबैलाई चाहिन्छ !! लगातार…
-
मैदान अनि चौतारी सब सुनसान छ फर्क युवा ।मान्छेमान्छेमै लुछाचुडी हानाहान छ फर्क युवा…
-
अठारौं शताब्दीमा जन्म लिएर, नक्षत्र बनिरह्यौसाहित्य विधामा आई हामीलाई, ऋणी बनाई गयौ ।रामायणले नेपाली…
-
[3d-flip-book id=”7694″ ][/3d-flip-book]
-
“हामी यस्तो समाजमा छौं, जहाँ हरेक मानिसलाई आफ्नो काम बाहेक अरु सबै काम गर्न…
