हिन्दु सभ्यताका अनुयायी नेपाली महिलाको महत्वपूर्ण पर्व तीज नजिकै आइसकेको छ । तीज नजिकिँदै गर्दा वितेका वर्षहरुमा जस्तै यो वर्ष भड्किलो बन्दै गएको र यसले आफ्नो मौलिकता गुमाएकोमा चिन्ता व्यक्त हुन थालेका छन् । यही मेसोमा जिल्ला प्रशासन कार्यालय तनहुँले विज्ञप्ती निकालेर तीज मनाउने नाममा अत्यन्त खर्चिला र भड्किला कार्यक्रमहरु गर्ने गरिएको भनेर गुनासाहरु आउन थालेको जनाउँदै तीजको नाममा कुनै पनि खालमा खर्चिला तथा महंगा गतिविधिसंग सम्बन्धित कार्यक्रम सञ्चालन नगर्न, नगराउने अनुरोध गरेको छ । विज्ञप्तीमा आफ्नो परम्परा तथा सामाजिक रिती रिवाजलाई निरन्तरता दिने खालका कार्यक्रम गर्न भनिएको छ ।
पछिल्लो समयको कुरा गर्ने हो भने तीजको सादगी र मौलिकता हराएको छ । साउन महिना लाग्दै देखि तीजको दर खाने कार्यक्रम सरु हुन्छ । त्यो पनि मदिरा र मासु मिश्रित अनि महंगा होटल र पार्टी प्यालेसहरुमा । अब दरखाने भनेर तीजको अघिल्लो रात अबेला परिवारका सबै जम्मा भएर करेला र भिण्डीको अचार अनि तामाको तरकारीसंग केराको पातमा ध्यूले लचप्प भएको खाना खाने दिन एकादेशको कथा भएको छ ।
तीजमा गाइने गीतका कुरा गरौं । पहिले गाइने तीजका गीतमा समाजको यथार्थ तस्विर हुन्थ्यो । समाजले भोगेका सुख दुःखका कथा तीजका गीतमा हुन्थे । गाउँको कुनै घरमा छरछिमेकका महिला जम्मा भएर ती गीतहरु गाउँदै नाच्थे अनि आफ्ना दुःखहरु भुल्थे । अहिलेका गीतमा समाजको दुःख सुखका कथा हुँदैनन् बरु पेटीकोटमात्र लगाएर नाचेका गीत भाइरल हुन्छन् ।
पहिलेका तीजमा धनी, गरिबसबैको सहभागिता हुन्थ्यो । तर अहिलेको साउन लाग्दैदेखि महंगा होटल अनि पार्टी प्यालेसमा मदिरा र मासु सहित खानु पर्ने दर, लगाउनु पर्ने महंगा लुगा आदिका कारण गरिबको त कुरै छाडौं मध्यम वर्गिय परिवारका लागि समेत तीज मनाउने कुरा आँखा तरि मर भनेझैं भएको छ ।
भड्किलो र विकृत बन्दै गएको तीजलाई सादगीपूर्ण अनि हाम्रो सभ्यता, संस्कृति र परम्परा बचाउने गरि मनाउने जरुरी छ । यो कुराको नेतृत्व पढेलेखेका र समाज सुधारमा लागेका महिलाहरुले गर्ने हो । उनीहरुले चाहेमा तीजबाट भड्किलोपन र विकृति हटेर जान्छ । आउनुहोस् दिदी बहिनी सबैले हाँसी खुसी मनाउन सक्ने पर्व बनाउने अभियानमा आजैबाट लागि परौं । तीजको सबै नेपाली आमा, दिदी तथा बहिनीहरुमा शुभकामना ।
Tanahu Awaj
-
[3d-flip-book id=”7897″ ][/3d-flip-book]
-
अधर्मको नाश गरी धर्मको रक्षा गर्न भगवान श्रीकृष्णको जन्म भएको हो: श्रेष्ठ
by Tanahu Awajby Tanahu Awajतनहुँ जिल्ला व्यास–३ निवासी ९६ वर्षिय नेवारी भाषासंस्कृतिका ज्ञाता बखतनारायण श्रेष्ठलाई कुनै किताब पढ्न…
-
पृष्ठभूमिःप्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारीत भै सभामुखबाट प्रमाणित गरी राष्ट्रिपति समक्ष पेश भएको…
-
शैक्षिक शत्र २०७८ को एसइर्एई(माध्यमिक शिक्षा परीक्षा) को नतिजा प्रकाशन भएसंगै यसबारे विवेचना सुरु…
-
विशेषसम्वाददातानेपाल सरकारले मंसिर ४ गतेलाई प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति तोकि सकेको…
-
दमौली/व्यास नगरपालिका तनहूँको कार्यालयबाट प्रदान गरिने सेवामा नागरिक पहूँच बृद्धि गर्न ले बुधबारदेखि नागरिक…
-
भाद्र ३ गते भोली, भाद्र कृष्ण पक्षको अष्टमी तिथी । यो दिन संसारभरका हिन्दु…
-
ज्ञान आर्जन गर्ने भोकः व्यास नगरपालिका वडा नं १२ गोल्ला बस्ने ५६ वर्षिय ऋषिमाया…
-
महर्षि वेदव्यास फाउन्डेशन व्यास–३ तनहुँले सञ्चालन गरेको गुरुकुल विद्यापिठमा दैनिक सञ्चालन हुने रुद्री पाठ…
