
यतिबेला देशको राजनीतिक माहोल निर्वाचनमय भएको छ । गएको बैशाखमा नेपालमा दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो भने आगामी मंसिर चार गते प्रदेश सभा र प्रतिनिधि सभाको लागि निर्वाचन हुँदैछ । उम्मेदवारी दर्ता गराउने काम सकिइसकेको छ । विभिन्न राजनीतिक दलसँग आबद्ध नेताहरुले बडो तामझामका साथ उम्मेदवारी दर्ता गराईसकेका छन् । उहि पुरानो घोकन्ते र रटन्ते झुटा प्रतिबद्धता सहित । देशको विकास, समृद्धिको आगमन, युवाहरुलाई रोजगार आदि आदि । पहिलो र पुरानो पुस्ताबाट देशको काँचुली फेर्न अबको नेतृत्व गर्ने जिम्मा दिन आग्रह गर्दै नयाँ पुस्ताको स्वतन्त्र उम्मेदवारहरु पनि चुनावी मैदानमा खुलेरै होमिएका छन् । कति साँच्चै नै परिवर्तनको चाह बोकेर होमिएका होलान्, कति पार्टिले न्याय गर्न नसकेको रिसको झोकमा होमिएका होलान् त कति चाँहि च्याखे थापि हेरौं न भनेर पनि होमिएका होलान् । जे होस् कुरा चाहिँ कत्ति हो भने मंसिर ४ मा फाइनल म्याच खेल्नको लागि टिम दर्ता गराईसकेका छन् । यसमा पनि एउटा लुकेको सत्य के चाहिँ हो भने आफुलाई प्रभाव पार्न सक्ने स्वतन्त्र उम्मेदवारहरुको चित्त बुझाएर उनिहरुलाई पछाडी सार्ने प्रयास ठूला भनिएका राजनीतिक पार्टिको उम्मेदवारबाट जारी नै छ । ताकि जितको लागि आफ्नो बाटो सहज होस् । मंसिर ४ को लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुको तामझाम, नौटङ्की र रमिता देख्दा यस्तो लाग्छ उनिहरुले उम्मेदवारी दर्ता गराएका होइनन् जित नै हासिल गरेका हुन् । अझ कतिपय पार्टिका आधिकारीक उम्मेदवारहरुले त स्वतन्त्र उम्मेदवारहरु आफ्नो प्रतिस्पर्धी नै नभएको जिकिर गरीरहेका छन् । लाग्छ उनिहरुले अस्ति भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा बालेन साह र हर्क साम्पाङहरुले स्थापित गरीदिएको दृष्टान्तलाई
भूलिसके । खैर जे होस् को माथि को भारी पर्छ, कस्ले कस्को पत्ता काट्छ भन्ने जान्न त मंसिर ४ पर्खनुको विकल्प छैन । अहिलेलाई यति भनौं देशलाई चुनावले छोइसकेको छ । निर्वाचनकै सन्दर्भमा रहेर विशेषतः राजनीतिक पार्टिको वरीपरी केन्द्रित भएर आलेख लेख्ने प्रयास गर्दै गर्दा कहिं कतै कुनै राजनीतिक पार्टिको नाम वा कोहि नेता विषेशको नाम उदाहरणको रुपमा प्रयोग हुन सक्छ । तर त्यो नाम कुनै राजनीतिक दल विशेष वा व्यक्ति विशेष प्रतिको आग्रह पूर्वाग्रहको कारणले नभई समग्र राजनीतिक दललाई सम्बोधन गर्दा नितान्त उदाहरणको रुपमा मात्र केहि नामहरुको प्रयोग गरीने र यसबाट हुन जाने असुविधा प्रति माफि माग्दै आलेखको विषयवस्तु तर्फ प्रवेश गर्न चाहन्छु ।
साना साना बाईसे चौबिसे राज्य, त्यसपछिको एकिकरण, जहानिया राणा शासन, राजतन्त्र हुँदै सङ्घिय गणतन्त्रसम्मको शासन सत्ताको अभ्यासमा नेपालले प्राप्त गरेको ठूलो राजनीतिक उपलब्धि मध्ये एक हो बहुदलिय राजनीतिक प्रणाली । तर वर्तमान परिस्थितिमा आम मानिसमा यस्तो पनि भान पर्न थालिसकेको छ कि कतै बहुदलिय व्यवस्था नै नेपालको हितको लागि प्रतिकुल त छैन ? किनभने यहाँ राष्ट्रको हित, देशको विकास समृद्धि भन्दा पनि ज्यादा हरेक राजनीतिक दलका नेता भनिएकाहरुलाई भाग पु¥याउनु र चित्त बुझाउनु ठूलो कुरा भएको
छ ।
कमसेकम आसन्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको लागि दलहरुले गरेको भागबण्डा देख्दा यस्तै लाग्छ । राजनीतिको हस्ती भनिएका नेताहरुले खोजी खोजी सुरक्षित स्थानबाट उम्मेदवारी दिनुले र भाग पु¥याउनकै लागि पश्चिमको मान्छे पूर्वमा र पूर्वको मान्छेले पश्चिममा उम्मेदवारी दिनुले त यहि कुराको छनक दिन्छ ।
अन्य क्षेत्रहरुमा जस्तै राजनीतिमा पनि विश्वासको धेरै ठूलो भूमिका हुन्छ । तर नेपालको सन्दर्भमा यो दुःखद कुरा हो कि राजनीतिक दलहरुले आफ्ना कार्यकर्ता र मतदाताबाट विश्वास गुमाई सकेका छन् । अहिले नेता भनिएकाहरुबाट देशको विकास र परिवर्तन सम्भव छ भनेर धेरै नेपाली जनताहरुले विश्वास गर्न छाडि
सके । स्वतन्त्र उम्मेदवारको रुपमा जागेको युवा लहर यसको प्रमाण हो र त नेताहरु छानी छानी सुरक्षित स्थान खोजेर भाग्दैछन् । अहिले वर्तमान अवस्थाको कुरा गर्ने हो भने नेता मानिएकाहरुलाई स्वयम आफू माथि पनि विश्वास छैन । यतिकुरा ठोकुवा दिएर भन्न सकिन्छ कि आजको मितिमा हस्ती भनेर चिनिएका कुनै पनि नेतासंग म नेपालको जुनसुकै क्षेत्रबाट पनि चुनाव लडेर जित्न सक्छु भन्ने आँट र विश्वास आफै माथि छैन । नेपालको लागि राजनेता भनेर विभूषित गराउन सकिने एउटा पनि नेता आजको मितिमा छैन । सके आफू र आफ्नालाई पोस्ने ठाउँमा पु¥याउने नसके म त फलानो पदको मानिस पो हूँ त भन्दै आफ्नो पदको वीणा बजाएर मपाइत्वमा रमाउने यस्तै खालको नेताहरुकै हातमा घुमि रहेको छ आजको राजनीति । त्यसैले पनि राजनीतिक दलको नेतृत्वहरुले नेपाली जनमानसबाट विश्वास गुमाउँदै गएका छन् ।
हिजो कुनै दिनमा गणतन्त्र नेपालको प्रथम राष्ट्रपति भन्दै आफ्नै प्रचार गरेर हिड्थे जयुद्धका सुप्रिम कमाण्डरहरु । त्यो सपना सपना नै रह्यो । आज पनि आफूलाई भोलिको प्रधानमन्त्री भनेर स्वप्रचारमा लागि परेका
छन् । कैयौं राजनीतिक हस्तिहरु । यी र यस्ता कुराहरु चुनावी रणनीति पनि हेलान् । तर आफैले आफ्नो गुणगान गाएर हिड्नु लोकलाई हसाउनु सिवाए केही पनि होइन । अर्को तर्फ नेपालमा बहुदलीय राजनीतिक प्रणाली शुरु भएदेखि नै लगातार तीन तीन दशकसम्म अधिकाँश राजनीतिक पार्टीबाट एउटै अनुहार लगातार निर्वाचनमा देखिइ रहेका छन् । ती अनुहारहरुले विभिन्न कालखण्डमा देशको कुनै न कुनै सम्मानित पदमा बसेर सेवा सुविधाको भोग गरिसकेका छन् । तर ती व्यक्तिहरु त्यो पदमा पुगेर न त सिंगो राष्ट्रमा केही केही परिवर्तन भयो । (मानिसको जीवनस्तर र आयआर्जनको आधारमा) न ती व्यत्तिहअरु जहाँका हुन् स्वयम त्यहीको स्थानीय ठाउँमा विकास भयो, समय क्रमसंगै हुनुपर्ने क्रमिक विकास भन्दा ज्यादा खास केही भएन । बरु गहिरिएर सोच्ने हो यदि भने देशको राजनीतिक भाग बण्डा र पालो पु¥याउ संस्कृतिमा रुमलिनु नपरेको भए सायद अरु बढी विकास हुन्थ्यो कि ?
नेपालमा च्याउ सरी राजनीतिक पार्टीहरु उम्रिए । कोही उम्रिएर पनि विलाई सके । कसैको ढुकढुकीसम्म बाँकी छ । बैकल्पिक शक्तिको रुपमा गठन भएको भनिएको पार्टीहरु पनि खास जम्न सकेनन् । टुप्पैबाट पलाएका जस्ता मात्रै भए । स्थापित भनिएको पार्टीहरुको फेदै मात्र बढी रह्यो । पल दिन सकेन । यसकारण पनि राजनीतिक दलहरुबाट मानिसको विश्वासको गुम्दै गयो ।
राजनीतिक दलबाट मानिसको विश्वास गुमेको कुरा एकातिर छ, अर्कोतिरबाट सोंच्दा पंक्तिकारलाई चाही अबको दिनमा यी च्याउसरी उम्रिएका पार्टीहरुको औचित्य पनि छ जस्तो लाग्दैन । किन भने सोझो अर्थमा बुझौ, चार बर्ष तीन सय ६४ दिन तँ काँग्रेस, म माओवादी तँ एमाले, म समाजवादी या यस्तै यस्तै भनेर लडेर बस्ने र अन्तिम दिन सबैलाई मिलाएर बाँडेर भोट दिनु पर्ने हो भने कार्यकर्ताले कुनै पार्टी विशेषको आस्थाको पछाडि लागेर हिड्नुको के अर्थ ? माक्र्सवाद, लेनिनवादको र माओवादको सिद्धान्तलाई अंगिकार गरेर राजनीतिमा होमिएको एउटा युवाले रुखमा भोटमा हाल्नु पर्दछ भने माओवादी पार्टीमा लाग्नुको के अर्थ ? लोकतन्त्र र समाजवादको सिद्धान्त मन परेर काँग्रेस भएको काँग्रेसीले हसिंया हथौडा र कलम चिन्हमा भोट हाल्दै माग्दै हिड्नु पर्दछ भने जय नेपालको नारा घोक्नुको के तात्पर्य ? चाहे त्यो सत्ता पक्ष होस् या प्रतिपक्ष आफै अन्तिममा मिलेरै भिड्ने रहेछन् । एकाएक सिंङ जुधाउने हिम्मत कसैका पनि रहेनछ । सत्तामा पुग्नको लागि हिजो उता मिलेकाहरु आज यता मिल्दैछन् । हिजोसम्म उता काँध जोेडेकाहरु आज ढाड फर्काउँदै छन् भनेपछि आखिरमा यी सबै मिलीजुली पालोपैचोमा भागबण्डा गर्ने नै रहेछन् नि होइन ? लौत हिम्मत भए शेरबहादुर र केपी अनि प्रचण्ड एकै ठाउाबाट चुनाव लडेर देखाउन त ? आँट्न सक्छन् ? अहँ सक्दैनन् । जसरी हुन्छ आफ्नो सिट चाहि सुरक्षित । आखिर यी आठ दशजनालाई पालैपालो रजाँई गर्ने मौका मिलाउन कहिलेसम्म गर्ने हो चुनावको खेलो ?
बरु सबै पार्टी खारेज गरेर दुईवटा मात्र बनाउँ न । एउटा सत्तापक्ष अर्को प्रतिपक्ष । यसो गरे साँसद, मन्त्री, सबैको संख्या घट्थ्यो । देशलाई पनि भार कम त हुन्थ्यो । यी औचित्यविहिन राजनीतिक पार्टीको खर्च धानेर त देशले बस्नु पर्दैनथ्यो ।
आशन्न निर्वाचनको लागि धेरै समय बाँकी छैन । सबै उम्मेदवार गलत छन् भन्ने पनि होइन । सबै सही छैनन् भन्ने मात्र हो । त्यसकारण अब मतदातासंग दुई विकल्प छ, या त जो जो उठेका छन् ? के गर्नु आफू लागेको पार्टी हो भन्दै भटाभट भोट दिने ।
झुटै सहि दलबाट विश्वास हटिसकेको छैन भनेर प्रमाणित गरिदिने, पार्टीको औचित्य सकिई सकेको छैन भनेर देखाउने चाहे देश जतिसुकै अन्धकारमा जाओस्, या अर्को सही उम्मेदवारलाई मात्र जिताउने चाहे त्यो आफ्नो पार्टीको होस्, स्वतन्त्र होस् या अर्को पार्टीको ताकि देशमा परिवर्तन आओस, निर्णय गर्ने अन्तिममा जिम्मा विवेकशिल मतदाताको हातमा ।