22.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

असक्षम नेतृत्वले चुनौतिको सामना गर्दैन

मुक्तिनाथ पण्डित
एम.ए. अर्थशास्त्र

राजनीति र कर्मचारीतन्त्र आधुनिक नेपाल सरकारका लागि महत्वपूर्ण संयन्त्र हो । सरकारले कर्मचारीतन्त्रबाट यस्ता व्यक्ति पाएको हुन्छ –जो विषय वस्तुमा विज्ञ हुन्छन् । जसले नागरिक समाजलाई राज्यको स्वार्थ र देश विकासको अभियानसंग महत्वपूर्ण ढंगले जोड्ने काम गर्दछन् । कर्मचारीहरु प्राविधिक ज्ञान र दक्षताको आधारमा नियुक्त गरिन्छ । जसले निजी लाभको निम्ती आफ्नो हैसियत प्रयोग गर्न पाउँदैन । कर्मचारीतन्त्र देशको दैनिक प्रशासन र राजनीतिको संगम हो । वर्तमान समयमा वाम गठबन्धनको नाममा बनेको सरकारले आफ्नो योग्यता र क्षमता नभइकन नै मुठ्ठीभर झुण्डको दम्भमा ग्रामिण दूर दराज झुप्रावस्ती, अज्ञानता, असाक्षर बहुसंख्यक जनताबाट बटुलेको मतबाट राज्यको सबै किसिमको सुविधा भोग गर्दै निरिह जनता माथि परेड खेल्ने प्रयास थालेको छ ।

नेपाली सम्बन्धी अध्ययनमा अमेरिकाका पूर्व राष्ट्रपतिले भनेका छन् ः नेपालको आधा भन्दा बढी जनसंख्या दयनिय अवस्थामा बाँचिरहेका छन् । उनीहरुले पेट भरी खान पाएका छैनन् । विभिन्न रोगबाट ग्रसित छन् । उनीहरुको आर्थिक जीवन प्राचिन खालको छ । गरिबी नेपाली जनताको लागि धम्की मात्र बनेको छैन कि सम्पन्न राष्ट्रहरुको निम्ती पनि चुनौति बनेको छ । यस्ता चुनौतिसंग सामना गर्न एक्काइसौं सताब्दीको वैज्ञानिक ज्ञानले सुसज्जित व्यक्तिले त्यस्ता जनताको पिडा हटाउने उपाय खोज्ने हामीसंग भएको प्राविधिक ज्ञान नेपालका शान्तिकामी जनतालाई सिकाएर सुन्दर भविष्य प्रतिको आशा जगाउने काममा लगाउने छौं । यो त्यस्तो विकासको अवधारणा हो, जो प्रजातान्त्रिक विधिद्वारा न्याय प्रेमि जनतामा लागू गर्न सकियोस् । यसको लागि नेपाल भित्रै रहेको प्राकृतिक साधनलाई दोहन गरी अत्याधिक उत्पादनको मात्राले मानविय समस्या समाधान गर्दै शान्ति विकास र समृद्धि कायम गर्न सकिन्छ । विकास र प्रविधिले विकास क्रान्ति थालनी गरी शान्ति र विकास फिजाउँने सपना पूरा गर्न सकिन्छ । नेपालको दयनिय राजनैतिक, सामाजिक, आर्थिक र सांस्कृतिक अवस्थालाई विश्लेषण गर्दै संवेदनशिल भएर अगाडि बढ्नुको विकल्प छैन ।

नेपाल सम्वन्धि संयुक्त राष्ट्र संघको प्रतिवेदनमा भनिएको छ –विकासका सिपहरु नेपालमा लागु गर्न सकेको खण्डमा विकसित राष्ट्र र संवृद्ध नेपाल बन्नेमा कसैको दुइ मत छैन । तर बामगठबन्धनको सरकार बनेपछि अति शोषण, दमन, भोकमरी, महँगी, असमानता, गरिबी, अन्याय, अत्याचार, हत्याहिँसा, कुपोषण, बलात्कार जस्ता समस्या झन बढेर गएका छन् । के यही हो
त ? दश वर्षे जनयुद्धले जनतालाई दिएको उपहार ? हिजो के भनिएको थियो ? र आज के गरिएको छ ? नेतृत्व तहलाई राजनीति द्यगकष्लभकक उयष्तिष्अभक भएको छ । त्यस्तै खुट्टामा चप्पल , जुत्ता नभएका व्यक्ति आज करोडको गाडी– बुलेटप्रुफ कार–घुँडा टेकेर दशैको टिका थाप्नु पर्ने अवस्था कस्तो राम्रो विकास अभ्यास । जे गरे पनि हुने जसो गरेपनि सुहाउने । नेकपाका कार्यकर्ताहरु कता छन् कुन्नी ? सहनको पनि सिमा हुन्छ नि । अझै खादा र गलामा माला लगाउन लाम लागेको देखिन्छ ।

ग्रामिण वस्तीमा शहरका झुप्रा वस्तीमा बस्ने जनता गरिबी, अज्ञानता, शक्ति विहिनता जस्ता समस्याबाट आक्रान्त छन् । बामपन्थीहरु सत्ता, सरकार, अविकास, अज्ञानता माथि हैकम लादिरहेका छन् । ज्ञानको दायरालाई साँघुरो बनाईरहेका छन् । बास्तवमा भन्ने हो भने गरिबीको युद्धमा लडिरहेको देश हो नेपाल । नेपालको कुनै स्थानमा अस्थीरता उत्पन्न भयो भने सम्पूर्ण विकास नै खतरामा पर्दछ भन्ने कुरा हेक्का राख्नु पर्दछ ।

धनी र गरिबबीचको दूरी साँघुरो बनाउँदै लैजानु पर्नेमा झन फराकिलो बन्दै जाँदा दुई तिहाई जनतालाई भिखारी बनाउँदै लगेको छ । ग्रामीण दूरदराजमा वस्ने जनता विज्ञान र प्रविधिको उपयोगबाट धेरै टाढा रहेका छन् । सामूहिक सम्बन्ध, मूल्य मान्यता, भावना जो हिजो एक अर्कामा गाँसिएका थिए –आज ति सबै ढल्दै गएका छन् । गरिबी र बेरोजगारीबाट आक्रान्त जनतालाई खोजिएको छैन । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी सरकारले गर्नु पर्ने काममा कुनै ध्यान नै छैन । अब भन्नुहोस् कस्तो विकास हुन्छ त यहाँ । जनताका मागलाई छिट्टै सम्बोधन होस्– शुभ कामना ।

Related posts

बन्दाबन्दी सातौ चरणमा

admin

सम्पादकीय म्याराथानले स्वास्थ्य र पर्यटनको अभिबृद्धी होस्

admin

प्रतिनिधि सभा विघटन र निर्वाचन मिति घोषणा

admin