राजकुमार श्रेष्ठ
लमजुङ/लमजुङ सुन्दरबजार ३ दुरडाँडा स्थित श्री सर्वोदय माध्यमिक विद्यालयको ७४ औं बार्षिकोत्सव तथा ५५ औं अभिभावक दिवस सम्पन्न भएको छ । गत विहीबार सम्पन्न कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका सुन्दरबजार नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद कोइरालाले गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण बहादुर के.सि.को अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव एवं लोकसेवा आयोग बागमती प्रदेशका पूर्व अध्यक्ष सुरेशमान श्रेष्ठ, बरिष्ठ इन्जिनियर अर्जुनभक्त पौडेल, बरिष्ठ इन्जिनियर कृष्ण राना आदी विशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, जग्गादाता, विभिन्न विद्यालयका प्रधानाध्यापक, चन्दादाता, जनप्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
बरिष्ठ लोक गायक राजु परियार तथा लोक गायिका लुमा के.सीको प्रस्तुति रहेको कार्यक्रममा स्वागत विद्यालय व्यवस्थापन समितिका सदस्य जगन्नाथ न्यौपानेले गरेका थिए ।
कार्यक्रमको सहजीकरण शिक्षक पशुपति न्यौपानेले गरेका थिए भने विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पोखरेलद्वारा विद्यालयको वार्षिक प्रगति प्रतिवेदन २०८२ सगै विद्यालयको भावी योजना प्रस्तुत गरिएको थियो ।
विद्यार्थीहरुको विभीन्न सांस्कृतिक नृत्य, जनचेतनामूलक अभिनय र लाखेनाच समेत उक्त अवसरमा प्रस्तुत गरिएको थियो । विद्यालयको शैक्षिक उन्नयनमा योगदान पु¥याउने, अक्षयकोषदाता सम्मान, वर्ष उत्कृष्ट शिक्षक तथा अभिभावक सम्मान, एवं पञ्चेबाजाको साथमा दोहोरी र आकर्षक नृत्य प्रस्तुतीले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । कार्यक्रममा विद्यालयका उपजहरुबाट कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुका लागि ट्रयाक सुट र टोपी हस्तान्तरण गरिएको थियो ।
उक्त समारोहमा विद्यालयको चौतर्फि विकासका विभिन्न शीर्षकका अक्षयकोषमा करिब १४,००,००० रकम जम्मा भएको थियो ।
