यतिबेला नेपाली राजनीति काण्डै काण्ढले तरङ्गित छ । मुलधारको राष्ट्रिय राजनीतिलाई तरङ्गित बनाउने काण्डहरुको अध्ययन गर्दा सम्माननिय प्रधानमन्त्री ज्यूलाई ७० को अंकगणित नफापेको देखिन्छ । नेपाली राजनीतिमा धेरै लामो समयबधिपछि केपी ओली नेतृत्वको दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले झण्डै दुइतिहाई सहितको स्पष्ट बहुमत ल्याएर सरकार गठन गरेको छ । प्रतिशतमा हिसाव गर्ने हो भने दुइ तिहाई भनेको १०० मा ६६।६६ हो । यसलाई सून्यान्त गर्ने हो भने ७० प्रतिशत हुन आउँछ । बुझ्दै जाँदा यहिँबाट प्रधानमन्त्रीलाई ७० को अंकगणित नफापेको हो कि जस्तो देखिन आउँछ । किनभने प्रधानमन्त्री केपी ओलीको सरकारको खम्बा भनिने पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारको प्रवक्ता गोकुल बास्कोटा पदच्यूत हुनुमा पनि ७० कै अङ्क गणितको हात थियो । अहिले आएर प्रधानमन्त्रीको ६९ ९एक कम सत्तरी० औं जन्मदिनमा रु ७० हजारको केक काण्ड । यसमा पनि ७० कै अंकगणित हावी भएको छ । समय पनि नेपाली पात्रो अनुसार ७० कै दशकमा चलिरहेको छ । त्यस कारण यसो बुझि ल्याउँदा प्रधानमन्त्री ज्यूलाई ७० को अंकगणित नफापेको पो हो कि जस्तो देखिन्छ । यस आलेखमा भने प्रधानमन्त्रीको ६९ औं जन्मदिनको उत्सवको बारेमा चर्चा गरिनेछ ।
नेपालको सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले यसै साता ११ फागुनमा आफ्नो ६९ औं जन्मदिन मनाएका छन् । भोजपुरको आठराई गाउँ पालिकामा आफ्नो जन्मघर गएर बडो धुमधाम र राजसी ठाँटबाँट साथ प्रधानमन्त्रील्े अफ्नो जन्मदिन मनाएका हुन् । जसको यतिखेर नेपाली राजनीति र सञ्चार माध्यमहरुमा चर्को विरोध भैरहेको छ । सरकारको रक्षाका लागि खानेपानी आयोजनाको उद्घाटनको क्रममा संयोग परेकोले जन्मदिन पनि मनाइएको भनेर भनिए पनि वास्तविकता अर्कै हो, जुन उक्त कार्यक्रमको तामझामले नै बताउँछ ।
प्रधानमन्त्रीको जन्मदिनको उत्सवमा सबैभन्दा विवादित विषय बन्यो, केकमा रहेको नेपालको नक्सा । यसको चौतर्फी रुपमा विरोध भयो । स्वयम् नेकपाका राष्ट्रिय स्तरका नेताहरुबाट पनि विरोध भयो । प्रतिपक्षले विरोध गर्ने नै भयो । आम नागरिक स्तरबाट पनि यसको चर्को विरोध भएको छ, जुन आजको मितिसम्म निरन्तर छ । आजपनि गोकुल बास्कोटा मन्त्री नै भएका भए “हेप्नी” भन्दा हुन् शायद । भाषा सभ्य÷असभ्य के के प्रयोग भयो, सामाजिक सञ्जालमा विरोध भयो, पत्रपत्रिकामा विरोध भयो, जेहोस् प्रधानमन्त्रीको जन्मदिनेका केक काण्डको विरोध भयो । रक्षात्मक तवरमा यसको बारेमा दुइ किसिमको धारणाहरु आए । नेकपा सांसदहरुको तर्फबाट । १० अन्तर्राष्ट्रिय जगतमा पनि यो अभ्यास भएकोले विरोध गर्नु आवश्यक छैन । २० केक माथि नेपालको नक्सा प्रधानमन्त्रीको देश प्रेम देखाउन राखिएको हो ।
रक्षात्मक तवरमा आएका यहि दुई धारणा प्रति मलाई प्रश्न गर्न मन लागेको हो । होला, अन्तर्राष्ट्रिय जगतमा पनि केकमा राष्ट्रको नक्सा राख्ने प्रचनल होला । यो कुरा स्वीकार गर्न सकिन्छ । तर के प्रधानमन्त्रीले विदेशबाट सिक्ने कुरा अरु केहि नपाएर यो कुरा सिकेका हुन् रु कमसेकम सिकाइ पनि आफ्नो पदको मर्यादा रहेनगरी आफ्नो ओहोदाको विचार गरेर गर्नुनी । जन्म दिनको केक काट्ने, मैनबत्ती निभाउने, नेपाली संस्कृति हैन । यो पश्चिमा संस्कृति हो । यतिखेर नेपालको मौलिक संस्कृति माथि पश्चिमा संस्कृति हावी भै रहेको छ । आफ्नो देशको कला र संस्कृति कसरी संरक्षण गर्ने भनेर सोच्नु पर्ने ठाउँमा देशको कार्यकारी प्रमुखले नै यसरी औपाचारिक रुपमै पश्चिमी संस्कृतिका पक्ष पोषण् ा गर्नुले कस्तो सन्देश जान्छ रु हुन त प्रधानमन्त्रीले पश्चिमी संस्कृतिलाई बढावा दिएको यो पहिलो पटक होइन । यो भन्दा पहिले पनि होली वाइन काण्ड भएकै हो । प्रधानमन्त्रीलाई सिक्न त अन्य राष्ट्रमा विकास कसरी हुन्छ, भ्रष्टाचार कसरी नियन्त्रण हुन्छ , देशमा रोजगारी सृजना गर्न के गर्नुपर्छ, त्यो पो हो छ । पहिला नेपाललाई पनि भारत, चीन, अमेरिका आदिको हाराहारीमा लैजाउ अनि बल्ल सुहाउँछ, उता जन्मदिन कसरी मनाईन्छ, भनेर सिको गर्न ।
केकमा नेपालको नक्सा राखिएको विषयलाई लिएर राष्ट्रियतासंग जोडेर चर्कै विरोध भयो र भैरहेको छ । मानिसहरुको आ–आफ्नै तर्क छ । ती पनि आफ्नो ठाउँमा सहि होलान । अन्तर्राष्ट्रिय जगतमा पनि यस्तो अभ्यास छ भन्ने अर्थमा यसलाई सामान्य रुपमा लिन पनि सकिएला तर मलाई खुल्दुली लागेको कुरा चाहिँ केकमा नेपालको नक्सा किन राखियो भनेर नेकपाको सांसदहरुले दिएको अभिव्यक्तिमा हो । प्रधानमन्त्रीको राष्ट्रप्रेम देखाउन केक माथि नेपालको नक्सा बनाइएको भन्ने तर्क नेकपाका सांसदहरुको छ । मलाई यहि नेर अचम्म लागेका हो । के केपी ओलीको सरकार यति कमजोर भै सक्यो कि राष्ट्रवादी नेताको छवि बनाएका केपी ओलीको देशप्रेम देखाउन केकका सहारा लिनु प¥यो रु प्रधानमन्त्रीले देश र नागरिकलाई कति माया गर्छ रु देशको भविष्यप्रति कति चिन्तित छ रु भन्ने कुरा आफ्नो काम गराइबाट जनतालाई महसुस गराउने हो न कि आफ्नो जन्मदिनको केकमा राष्ट्रको नक्सा बनाएर । भारतले नेपालको लिम्पियाधुरा र कालापानी क्षेत्र समेटेर आफ्नो नक्सा सार्वजनिक गर्दा हप्ता दिनसम्म चुइँक्क पनि गर्न नसक्ने प्रधानमन्त्रीको राष्ट्रप्रेम केक माथिको नक्साले झल्काउने कुरा किमार्थ स्वीकार्य छैन ।
प्रधानमन्त्रीको ६९ औं जन्मदिनको अर्को प्रसंगलाई हरौं । प्रधानमन्त्रीलाई जन्मदिनमा नेपालको नक्सा अंकित रु ७० हजार बराबरको केक यति ग्रुपले दिएको हो । त्यो पनि हेलिकप्टर चार्टर गरेर आठराई पु¥याइएको । के कुनै पनि देशको कार्यकारी प्रमुखले आफ्नो जन्म दिवसका व्यापारिक समूहबाट यति ठूलो उपहार औपचारिक र सार्वजनिक रुपमा स्वीकार गर्न नैतिक रुपले सुहाउँछ रु यो भन्दा पहिले पनि यति गू्रपका नाम सरकारसंग नजाडिएको होइन । अब फेरी ७० हजारको केक उपहार दिएर के चाहन्छ,यति गु्रप प्रधानमन्त्रीसंग रु कि पहिले कै गुनको पैंचो तिर्दै हो रु
केकमा देशको नक्सा राखिएको जस्तै अर्कौ विवादित र विरोध भएको विषय हो, प्रधानमन्त्रीको जन्मदिनमा भएको खर्च र तामझाम । प्रधानमन्त्रीको जन्म दिनमा करिब डेढ करोड खर्च भएको समाचार सार्वजनिक भएको छ । के कुनै एक व्यक्तिको जन्मदिन मनाउन राज्यकोषबाट यसरी करोडौं रकम खर्च गर्न मिल्छ रु चाहे उ एउटा आम नागरिक होस् या देशको प्रधानमन्त्री, कदापी मिल्दैन । हुनलाई यो रकम राज्यकोषबाट खर्च हुने हो, यसमा धेरै सोच्नै पर्दैन । तर भन्नलाई भनिएको छ, यसमा राज्य कोषको रकम प्रयोग भएको छैन । प्रधानमन्त्रीकी श्रीमतीको व्यक्तिगत खर्चमा कार्यक्रम गरिएको हो । यदि त्यसो हो भने नेपालमा कानूनि रुपमै बिहे, ब्रतबन्ध, पास्नी जस्ता कुराहरुमा धेरै तडक भडक गर्न नहुने, हुँदासम्म सरल गर्नुपर्ने कुरा छ । जुन नेकपाको यहि माघमा जारी आचारसंहितामा पनि समेटिएको छ । यस्तो अवस्थामा प्रधानमन्त्रीकी श्रीमतीलाई आफ्ना श्रीमान्को जन्मदिनमा यति धेरै खर्चगर्ने छुट् कसले दियो रु देशको कार्यकारी प्रमुखको श्रीमतीलाई यो छुट् भै हाल्यो, ल यो कुरा पनि मानौं तर एउटा सामान्य गृहिणीसंग एउटा जन्म दिनमा मात्र डेढ करोड खर्च गर्न सक्ने हैसियत कसरी भयो र किन आवश्यकता प¥यो रु प्रधानमन्त्रीकी श्रीमतीले जन्मदिनमा डेढ करोड खर्च गर्न सक्छिन् भने स्वयम प्रधानमन्त्रीले कतिसम्म खर्च गर्न सक्दा हुन् रु कहाँबाछ आउँछ, त्यत्रो रकम रु नागरिकले तिरेको कर कि रु कार्यकर्ताको चन्दा कि रु विदेश तिरको धन्दा रु ६ हजार मानिसलाई भोज खुवाउन क्याटरिङ, गाउँ पालिकामा सार्वजनिक विदा, बृद्ध–बृद्धालाई लत्ताकपडा वितरण यसले पक्कै पनि पूर्वराजा महाराजाहरुको जन्म दिवसको याद दिलाएको छ । महामहिम राष्ट्रपतिलाई एयरपोर्ट मै सोफा, सम्माननिय प्रधानमन्त्रीको जन्मदिनमा यो रवाफ र तामझाम यसबाट प्रष्ट हुन्छ, नेकपा भित्रको चित्र ।
सार्वजनिक विदाको सन्दर्भमा आठराई गाउँ पालिकाका अध्यक्षले दिएको अभिव्यक्ति पढ्ने मौका पाएको थिएँ । शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम भएकोले सार्वजनिक विदा गरिएको । घण्टौं कोची कोची ट्याक्टरको यात्रा गराएर एउटा डायरी र एउटा कलम दिनुलाई कुन आधारले शैक्षिक सामग्री वितरणको कार्यक्रम भन्न सुहाउँछ रु त्यो पनि प्रधानमन्त्रीको फोटो भएको । वितरण गरिएको डाएरीमा प्रधानमन्त्रीको फोटो राखिएको प्रसंङ्गले पहिला पहिला किताबमा राजा रानीको फोटो राखिने गरेको कुराको झल्को दिलायो । देशप्रेम देखाउन केकमा नक्सा राख्ने प्रधानमन्त्रीले शैक्षिक सामग्रीमा चाहिँ आफ्नो फोटो राख्नु पर्ने रु अर्कोकुरा नेताहरु गाउँ फर्कँदैनन् भन्ने भ्रम चिर्न प्रधानमन्त्री आठराई पुगेको भनिएको छ । के यो भन्दा पहिले ओली नेता थिएनन् रु के गाउँ फिर्न प्रधानमन्त्री हुनै पर्छ रु के दशकौंमा एकपल्ट एक दुइ घण्टा गाउँमा विताउनुले कुनै व्यवहारिक अर्थ राख्छ रु
जन्मदिन मनाउने कुरा व्यक्तिगत कुरा हो । यो नागरिकको हकको कुरा हो । प्रधानमन्त्रलाई पनि यो हक छ । तर केपी ओली यतिखेर आम नागरिक केपी ओली होइन । केपी ओली त देशको प्रधानमन्त्री
हो ।
राज्यको अभिभावक हो । तसर्थ साना देखि ठूला हरेक कुराहरुमा सचेत र सतर्क रहनु आवश्यक छ । हुन त नेपाली राजनीतिको इतिहासमा विवादमा नमुछिएका प्रधानमन्त्री सायदै होलान् तर जन्मदिन मनाउने कुराको विवादमा मुछिने पहिलो प्रधानमन्त्री केपी आली नै हुन् । तसर्थ अब त अलि सचेत हुने कि प्रम ज्यू रु
७० को अंकगणित र प्रमको बर्थ डे केक
previous post