दमौली/वीपी कोइरालको ४२ औं स्मृति दिवस बीपीका अनुयायीले दमौली मै पनि भिन्नाभिन्नै दुई ठाउँमा मनाएका छन् । जे जसरी बनाएपनि बीपी बिचार आजपनि पनि सान्दर्भिक रहेको सवालमा मतैक्यता देखियो । नेपाली काँग्रेसले क्षेत्रगत रुपमा कार्यक्रमको आयोजना गरेर वीपीका विचारहरुको चर्चा गरायो भने बीपी विचार समाज तनहुँले आइतबार दमौलीमा ‘बर्तमान नेपालको राजनीति सन्र्दभ र विपीको विचार’ विषयक एक दिवसीय विचार गोष्ठी नै चलायो ।
वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य सुकुमलाल गुरुङको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको गोष्ठिमा गुरुङ्ग समेत प्रमुख बक्ता बरिष्ठ अधिवक्ता परशुराम गिरी बीपी विचारको सान्दर्भिकता र दुरदर्शिता माथि प्रकाश पार्नुभएको थियो ।
समाज तनहुँका सभापति हरिशरण पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा समाजका सल्लाहकार ऋषिराम पोख्रेल, समाजका उपसभापति क्याप्टेन रेशमबहादुर गुरुङ, सदस्य रघुबहादुर केसी, तनहुँ सङ्ग्रालयका अध्यक्ष तथा लेखक देवीबहादुर बस्नेत, समाजका क्षेत्र नम्बर १ का सभापति केशरबहादुर गुरुङ, क्षेत्र नम्बर २ का सभापति नरेन्द्र थापा, समाजसेवी हिमबहादुर रानाभाट सोलबहादुर चितौरे मगर लगायतले धारणा राख्नु भएको थियो ।