दमौली/व्यास नगरपालिकाको ३८औं नगरसभाबाट विभिन्न विधेयक तथा विभिन्न प्रस्ताव सहित संसोधित नीति कार्यक्रम तथा अनुमानित बजेट पारीत गरेको छ ।
व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेको सभापतित्वमा सम्पन्न नगरसभाले एक अरब ७१ करोड ४७ लाख ५४ हजारको संसोधित अनुमानित आयव्यय तथा नीति तथा कार्यक्रम पारित गरेको छ । त्यसैगरी नगरसभाले पाँच वटा विधेयक पारीत गर्नका साथै व्यास नगर प्रज्ञा प्रतिष्ठान ऐन २०७८ लाइ प्रथम संसोधन गरेको छ ।
३८औं व्यास नगर सभाले पारित गरेका पाँच विधेयकमा स्वास्थ्य, वन, संघ संस्था दर्ता नियमन, शहरी आयोजना (गठन तथा सञ्चालन), सवारी तथा यातायात व्यवस्थापन समेतका विधेयक रहेका छन् । नगरप्रमुख बैकुण्ठ न्यौपानेको भनाइ अनुसार ३८औ्र नगरसभाले छ वटा विधेयक पारीत गरेको छ । ३८ औं नगरसभाबाट पारित भएका प्रस्तावहरु संकलन भैरहेको जनाइएको छ । कतिवटा प्रस्ताव पारित भयो, नगरपालिकाको कुनै पनि स्रोतबाट खुल्न सकेको छैन ।
३८औं नगर सभाबाट बजेट तथा विधेयक पारीत
previous post