तनहुँ आवाज साप्ताहिकले २०८२ साल मंसिर ११ गतेबाट आफ्नो प्रकाशनको २९औं बर्ष पुरा गरी ३० बर्षमा प्रवेश गरेको छ। तनहुँमै जन्मेर जेठो पत्रिकाको स्थान लिएको तनहुँ आवाजको प्रस्तुत अंक ३०औं बर्षको पहिलो अंक हो भनेर आफ्ना पाठक बर्ग, विज्ञापनदाता, लेखक बर्ग, सुभेच्छुक महानुभावहरु माझ चिनाउन पाउँदा हाम्रो प्रकाशन टीम गौरवान्वित महसुस गर्दछ ।
तनहुँ आवाज साप्ताहिकलाई पछि मूल्यअभिबृद्धि करको दायरामा लैजान परेपछि तनहूँ आवाज पब्लिकेशन प्रा.लि.को प्रकाशनको रुपमा आफ्नो निरन्तरता कायम राखेर आजको ३०औं बर्षको जेठो पत्रिकाको हैसियत आर्जन गर्ने संस्थापकदेखि हालसम्मको विभिन्न कालखण्डका सबै टीमलाई आजको गौरवको श्रेय जान्छ । प्रत्यक्ष, अप्रत्यक्ष, भावनात्मक रुपमा, भौतिक रुपमा, आर्थिक रुपमा निरन्तरको सहभागिता र सद्भावले तनहूँ आवाज साप्ताहिकले आफ्नो ३० बर्षे किसोरावस्थाको परिपक्वता पाएको तनहुँ आवाज आगामि दिनमा पनि सबैको विश्वासिलो बन्ने प्रण गर्दछ ।
विज्ञापन दाताहरुको सहयोग, पाठक बर्गको सद्भाव, लेखक बर्गको निस्वार्थ सहयोग, रचनाकारको निस्वार्थ सहयोग र सम्पादन टीमको निस्वार्थ निरन्तरको लगनशिलताले आर्थिक लाभका लागि भन्दा पनि भाषिक र लेखकीय सीपको विकासको सौखले तनहुँ आवाजलाई अहिलेको गुणस्तरमा तनहुँ आवाजलाइ निरन्तरता दिन सकेको सम्बद्ध सबै समक्ष विनासंकोच स्वघोषणा गर्दछ ।
३०औं बार्षिकोत्सवको यो क्षणमा हामीले यो पत्रिकालाई जन्माउने कमलामोहन वाग्ले, शिव शर्मा, भक्त खनाल, मुक्तिनाथ खनाल, कृष्ण खनाल, रजिनलाल श्रेष्ठ, दिनेश श्रेष्ठ, नारायण रिजाल, मदन वाग्ले, शिवहरि धिताल, अमर राज नहर्कि, रविन पौडेल, पवन पौडेल, विष्णु मास्की, रामहरि तिवारी, नविन पौडेल, लक्ष्मी पोखेल, सरोज पोख्रेल, अमित पोख्रेल, दिपक सुवेदी, अमृत सुवेदी समेतका धेरै सहकर्मिको योगदानलाई उच्च सम्मानका साथ स्मरण गर्न चाहन्छौं ।
अहिले तनहुँ आवाजलाई निरन्तरता दिने ऋषिराम पोख्रेल, रमेश विकल, प्रभात पोख्रेल, कृष्ण पोखेलको यो टिम आर्थिक लाभको उद्देश्य नराखी अभिव्यक्ति स्वतन्त्रताको पहरेदारको रुपमा निरन्तर क्रियाशिल रहेको आमपाठकलाई सगौरव विश्वस्त पार्न चाहन्छ ।
