दमौली/दमौली मतदान केन्द्रबाट तीन जिल्लाका ५९ जना कानुन व्यवसायी मतदाताले नेपाल बार एशोसिएशनको २७औ अधिवेशनमा मतदान गरेका छन् ।
तनहूँ, लम्जुङ्ग र गोरखाका ६७ मतदाताका लागि दमौली मतदान केन्द्रको व्यवस्था गरिएको थियो । दमौली मतदान केन्द्रबाट ५९ जनाले मात्र मतदान गरेका थिए । यस पटकको अधिवेशनमा आस्थागत मत भन्दा पनि विवेकको मत र विद्रोहको मत खसेको अनुमान गरिएको छ ।
२७औं अधिवेशनको उम्मेदवार चयन डिएलए वा पीपीएलएले गरेन । सत्तापक्षिय गठबन्धनको उम्मेदवार हुँदा प्राडा अधिवक्ता विजय मिश्र समूहको नेतृत्व चयन सत्तापक्षिय गठबन्धनले नै गरेको थियो । त्यसैगरी प्रतिपक्षीय गठबन्धनले बरिष्ठ अधिवक्ता रमणन कुमार श्रेष्ठ नेतृत्वको समूह निर्माण गरेको थियो । दमौली केन्द्रबाट अध्यक्षका अन्य दुई उम्मेदवारलाई पनि मत गएको अनुमान गरिएको छ ।
२७औं अधिवेशनमा दमौलीबाट मतदान
previous post