पछिल्लो २४ घण्टामा नेपालमा एक हजार २२८ नयाँ कारोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार यो अवधिमा संक्रमण मुक्त भएर घर फर्कनेको संख्या नौ सय १७ रहेको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६ जनाले ज्यान गुमाएका छन् । यो संगै कूल संत्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ भने संक्रमण मुक्त हुनेको संख्या २४ हजार २०७ पुगेको छ । यसैगरी मृतकको संख्या दुइसय ५७ पुगेको छ ।
आज काठमाण्डौ उपत्यकामा मात्र चार सय ४५ नयाँ संक्रमित थपिएका छन् जसमा काठमाण्डौमा तीन सय ५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ रहेका छन् । आजको कोरोना संक्रमितको संख्या हालसम्मकै सबैभन्दा धेरै हो । यसअघि आइतबार एकहजार २२१ नयाँ संक्रमित थपिएका थिए ।
प्रवक्ता गौतमका अनुसार हालसम्म देशभर सात लाख ३१ हजार ८५२ जनाको पिसिआर परिक्षण गरिएको छ । यसैगरी आज आइसोलेसनमा हुनेको संख्या १८ हजार ४१३ रहेको छ भने क्वारेन्टीनमा रहनेको संख्या छ हजार ७४९ रहेको छ ।
२४ घण्टामा थपिए एकहजार २२८ संक्रमित
previous post