दमौली/व्यास नगरपालिकाले हरिबोधनी एकादशीमा सार्वजनिक बिदा दिने भएको छ ।
नगरपालिकाको २०७८/०७/२३ मा बसेको बैठकले हरिबोधनी एकादशी अर्थात २०७८/०७/२९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नगरपालिका मातहतमा रहेका सम्पूर्ण कार्यालयहरु, वडा कार्यालयहरु, स्वास्थ्य संस्था(अत्यावश्यक सेवा वाहेक), सामुदायिक तथा निजी शैक्षिक संस्था एवं अन्य संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको नगरपालिकाले जनाएको छ ।