कमलबारी/व्यास नपा–१२ कमलबारीमा रहेको सिद्धेश्वरी माविमा अध्ययनरत बालबालिकाले खेलकुद पोशाक (स्पोर्टस् ड्रेस) पाएका छन् ।
आइतबार विद्यालयमा आयोजित एक कार्यक्रममा पार्टनर सोलुसन्स इन्टरनेशनलका बोर्ड सदस्य तथा नेपाल प्रतिनिधि सूर्यनाथ अधिकारीले विद्यार्थीहरुलाई पोशाक वितरण गरेका हुन् ।
विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीका अनुसार विद्यालयमा पूर्व प्राथमिक देखि कक्षा १० सम्म अध्ययनरत सबै १८७ बालबालिकालाई पिएसआईले खेलकुद पोशाक उपलब्ध गराएको हो । प्रति विद्यार्थी औषत एकहजार छसय पचास रुपैयाँको दरले तीनलाख आठहजार ५५० रुपैयाँ बराबरको सहयोग विद्यालयलाई प्राप्त भएको प्रअ अधिकारीले बताए ।
विद्यार्थीलाई पोशाक वितरण गर्दै पिएसआई नेपाल प्रतिनिधि अधिकारीले आफुहरुसंग ठूलो रकम नभएको ले सानो सहयोग गरिएको बताउँदै पोशाक सहयोगले विद्यार्थीको सर्वाङ्गिण विकासमा सहयोग पुग्ने आशा व्यक्त गरे । अधिकारीले क्षमता अभिवृद्धि तथा आय मूलक काममा आमा समूह, युवा क्लव तथा समुदायलाई समेत सहयोग गर्न आफुहरु तत्पर रहेको बताउँदै शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता क्षेत्रहरु आफुहरुको प्राथमिकतामा रहेका बताए ।
वडा नं १२ का वडाध्यक्ष बमबहादुर आलेले दातृसंस्था प्रति धन्यवाद ज्ञापन गर्दै आगमी दिनमा पनि सहयोग निरन्तरताको लागि आग्रह गरे । आलेले आयमूलक तथा क्षमता अभिवृद्धिका काम र शिक्षा, स्वास्थ्य, खानेपानी लगाएतका काममा सहकार्य गर्न वडा सदा तत्पर रहेको बताए ।
पिएसआई युएसए प्रति कृतज्ञता प्रकट गर्दै विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले विद्यालयको भौतिक र शैक्षिक विकासमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहयोग जुटाउने अभियानमा लागेको बताए । अधिकारीले सबैको सहयोगमा विद्यालयको सर्वपक्षिय विकास गरी नमूना विद्यालयको रुपमा विकास गरिने समेत बताए । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै विद्यालयका सहायक प्रधानाध्यापक प्रतापसिंह अधिकारीले उदार मन साथ सहयोग गर्ने सबैमा आभार व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्य्रक्ष फमबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पिएसआइ तनहु सहजकर्ता अप्सरा भट्टराइको उपस्थिती रहेको थियो भने शिक्षक प्रतिनिधि छविदीप आले तथा विद्यार्थी सजना गैरेले दातृसंस्था प्रति कृतज्ञता प्रकट गरेका थिए ।
सिद्ध आधारभूतमा पनि स्पोर्टस् ड्रेस वितरण
ऋषिङ–५ सपाङदीमा रहेको सिद्ध आधारभूत विद्यालयमा अध्ययनरत बालबकालिकालाई पनि पिएसआइले स्पोर्टस् ड्रेस वितरण गरेको तनहुँ सहजकर्ता अप्सारा भट्टराईले बताएकी छन् ।
भट्टराईका अनुसार वोर्ड सदस्य सूर्यनाथ अधिकारीको उपस्थितीमा अघिल्लो साता विद्यालयका सबै ८० बालबालिकालाई स्पोर्टस् ड्रेस वितरण गरिएको हो । त्यस विद्यालयका बालबालिकाले कूल एकलाख २८ हजार रुपैया बराबरको सहायता प्राप्त गरेको भट्टराईले जानकारी गराएकी छन् ।
स्पोर्टस् ड्रेस वितरण
previous post