दमौली विज्ञान शिक्षक समाज नेपाल(STAN ) तनहुँ र विद्यार्थी विज्ञान क्लब (SSC ) तनहँको आयोजनाका दमौलीमा शनिबार विज्ञान क्वीज सम्पन्न भएको छ ।
सत्यवती माध्यमिक विद्यालयको सभाहलमा आयोजित डिजिटल क्वीजमा जिल्लाका विभिन्न ३८ विद्यालयका छात्र छात्राको सहभागिता रहेको थियो । समाजका अध्यक्ष सुदिप आचार्यको सभापतित्व एवै व्यास नपा वडा नं २ का अध्यक्ष काशीराम श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न क्वीजमा सत्यवती माध्यमिक विद्यालय प्रथम भयो । शुक्लागण्डकी नपा स्थित पञ्चमुनीदेव मावि द्वितीय तथा बालविद्यामन्दिर मावि तृतीय र बाराही आवासिय माविले सान्त्वना स्थान प्राप्त गरे । स्टान केन्द्रिय समितिका उपाध्यक्ष यदुनाथ न्यौपानेतथा सत्यवती माविका प्रअ इन्द्रप्र्रसाद पौडेल विशिष्ट अतिथी रहेको कार्यक्रमको संयोजन स्टानका केन्द्रिय कोषाध्यक्ष देवेन्द्रकुमार कर्णले गरेका थिए । प्रतियागितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान प्राप्त गर्ने विद्यालयलाई शिल्ड, मेडल, प्रमाणपत्र तथा स्टेशनरी सामग्री प्रदान गरिएको स्टान तनहुँले जनाएको छ । विद्यार्थीहरुमा विज्ञान प्रति अभिरुचि जगाउन कार्यक्रम गरिएको हो ।