
नेपालको विकासमा ग्रामिण विकासका विभिन्न आर्थिक नमुनाहरु परिक्षण गरिसकिएका छन् । ग्रामिण विकास प्रयास को अनुभव र व्यावहारिक ज्ञान वाट एउटा दृष्टिकोण स्थापित हुन पुगेको छ । माथिबाट लादिएको कथित ग्रामिण विकासले खासै योगदान दिन नसक्ने निष्कर्ष निकालिएको छ । वास्तवमा ग्रामिण क्षेत्रको विकास गर्न ग्रामिण साधन स्रोत को आधारमा ग्रामिण वस्तिमा वसोवास गर्ने जनतालाई नै सक्षम (Empowered) बनाउँदै लैजाँदा दिगो विकासको जग बस्दछ। योजना बनाउने व्यक्ति जो शहरमा बस्दछन् तिनिहरुले ग्रामिण गरिबिलाई नजिकबाट देखिरहेका हुँदैनन वा गलत बुझिरहेका हुन्छन् । यिनीहरू बाट बनाइएका योजना वाट ग्रामिण अर्थव्यवस्थाको समस्या समाधानको आशा राख्नु बेकार हुन्छ । ग्रामिण माग अनुसारको योजना बन्ने र उनिहरुकै आदेश मूताविक कार्यान्वयन गर्ने प्रवृत्ति परिवर्तन गरी ग्रामिण झुप्रोमा बस्ने जनता र गरिबलाई कार्यान्वयन तहमा अगाडि लगाउँदै ग्रामिण विकास अभियानको थालनी गर्दा ग्रामिण बस्तीमा बसोवास गर्ने गरिबको जीवनमा परिवर्तन आउँदछ । यस्तो विकास प्रयास सबैभन्दा पहिले तान्जानिया भन्ने देशमा परिक्षण गरिएको थियो । जसको नतिजा उत्कृष्ट देखिएकोले तेस्रो विश्वका गरिबी हटाउन सोही सोच र प्रविधि अनुसार आर्थिक योजनाको तर्जुमा र कार्यान्वयन ग्रामिण वस्तीमा गरियो नतिजा सकारात्मक आयो । यस्तो तरिकालाई वर्तमान समयमा सहभागितात्मक ग्रामिण विकास मोडल (Participatory rural development Model) भनिन्छ । यसमा ग्रामिण क्षेत्रमा बसोवास गर्ने जनताहरुलाई – साधनस्रोतको पहिचान गर्ने देखि लिएर, ग्रामिण योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन, जस्ता सबै काम ग्रामिण जनतालाई नै गर्न लगाइन्छ ।
ग्रामिण क्षेत्रमा आर्थिक विकास को उद्देश्य आर्थिक वृद्धि बढाउने, व्यक्तिको जीवनस्तर माथि उठाउने, गरिबि र आर्थिक असमानता कम गर्दै लैजानेतर्फ केन्द्रित गर्नु पर्दछ। ग्रामिण क्षेत्रमा योजना कित आवश्यक छ ? भन्ने संन्दर्भमा यसको औचित्यता पुष्टि गर्नु पर्दछ । जस्तै ग्रामिण वस्तीमा रहेको पूँजी संकलन, पूँजी निर्माण गर्न, रोजगारी बढाउँदै लैजान, संन्तुलीत विकास हासील गर्न, आर्थिक र सामाजिक पूर्वाधारको विकास गर्न, वित्तिय संस्थाहरुको विकास गर्न, गरिविको समस्या कम गर्दै लैजान, प्रविधिको विकासका निम्ती पूर्वाधार तयार गर्नका लागि योजना गर्नु आवश्यक मानिन्छ । योजनाले अगाडि बढ्ने मार्ग प्रशस्त गर्दछ। त्यसैले राम्रो ग्रामिण विकासको मोडल निर्माण गर्नु अत्यावस्यक हुन्छ । यस्तो योजना साधनस्रोत र प्रविधि मैत्री हुनु पर्दछ । जसबाट छिटो विकासको प्रतिफल ग्रामिण बस्तीमा देख्न सकिन्छ । जहाँ छोटो समयमा जिवनस्तरमा सुधार (Increase in living standard) र प्रतिव्यक्ति आम्दानीमा (Per capita income) पनि बढेको हुन्छ । जून समाज रुपान्तरणको मेरुदण्ड मानिन्छ ।
ग्रामिण विकासका सन्दर्भमा Participatory Rural Development Model दिगो विकासका लागि एउटा वैकल्पीक मोडेलको रुपमा आत्मसात गर्न सकिन्छ । ग्रामिण क्षेत्रको लागि गाउँपालिका को लागि शिक्षा, स्वास्थ्य, रोजगार आदिमा लाखौं जनताको पहुंच विस्तार हुन सकेको छैन । न्युन आर्थिक बृद्धिदर, न्युन उत्पादन, गरिबि विभेद तथा असमानता रहेको अवस्थामा ग्रामिण विकास अभियान महत्वपूर्ण औजारको रुपमा काम गर्दछ । सामाजिक क्षेत्रमा व्यापक लगानी गर्दै समाजको व्यापक शसक्तिकरणले ग्रामिण समाजको आर्थिक बिकासलाई टेवा दिन सक्दछ । ग्रामिण अर्थतन्त्रलाई सुदृढ बनाउनको लागि केन्द्र र स्थानिय निकायको प्रभावकारी समन्वय, पूर्ण जनसहभागीतामा आधारित ग्रामिण विकास, पूर्ण रुपमा विकेन्द्रीकरण दिगो विकासको दाँचा अवलम्वन, स्थानिय निकाय जनताप्रति उत्तरदायी, व्यापक शासक्तिकरण, कृषिमा व्यावसायीकरण, औद्योगिक सुरक्षाका आधार निर्माण, सामाजिक न्यायको स्थापना व्यावहारिक शिक्षामा लगानी, स्थानिय योजनाको निर्माण र कार्यान्वयन गराउँदा जनताको जिवनस्तरमा आमुल परिवर्तन आउँदछ । स्थानिय निकायमा निर्वाचीत भएर आउने जनप्रतिनिधी सबैले यस्तो तथ्यलाई मनन गर्नु सान्दर्भिक हुन्छ । त्यसैले भनिन्छ What we read in the books is not education, what we do in reality infact is education । हामीले धेरै किताव पढ्नु शिक्षा हैन, वास्तविक रुपमा हामीले जतिधेरै काम व्यावहारिक ढंगले कार्यसम्पादन गर्दछौ । त्यो नै वास्तविक शिक्षा हो । ग्रामिण वस्तीमा बढ़ी काम, अधिक उत्पादन, समानुपातिक वितरण प्रणाली, रोजगारीको सूनिश्चीतता नै वास्तविक विकास अभियान हो । आगामी स्थानिय निर्वाचनमा यस्तै सोच भएका जनप्रतिनिधी चयन भएका आर्थिक विकास सम्भव हुन्छ ।