पृष्टभूमिः
एक सय पैसठ्ठी बर्ष लगाएर नेपाली मौलिक पहिचानमा परिस्कृत र परिमार्जित मुलुकी ऐनलाइ विस्थापित गर्न बनेको मुलुकी देवानी संहितामा सर्भिच्यूडस्को नेपालीकरण गरेर सुविधाभार भन्ने शब्द राखिएको छ । हामीले सर्भिच्यूडस्लाइ नेपालीकरण गर्दै नेपाली अंग्रेजी दुवै शब्द कानुनमा व्यवस्था गरेका छौं ।
अर्थ वा परिभाषाः
नेपाली शब्दकोषमा खोज्दा सुविधाभारको अर्थ भेट्न सकिएन । संहिताले सुविभारको परिभाषा गरेको छैन । तर व्याख्या गरेको छ । यो अमेरिकी कानुनबाट अर्थात महाद्वीपीय कानुन प्रणाली(Continental legal system बाट ल्याइएको राजेन्द्रप्रसाद धमलाको तर्क छ । अंग्रेजीमा सर्भिच्यूडस्को परिभाषा यसरी गरिएको छ– A right that owner of heritable property has over property owend by another.। एकजना व्याख्याताले सर्भिच्यूडस्को सिधा नेपाली अर्थ ‘गुलामी’ हुन्छ पनि भनेका छन् । संहिताको व्यवस्थालाई हेर्दा सुविधाभार भनेको सदियौंदेखि उपभोग हुँदै आएको सुविधा, आपतकालिन अवस्थामा मानवीय उद्धारका लागि दिनुपर्ने सुविधाको दृष्टिकोणबाट एकको स्वामित्व र हकभोगमा भएको सम्पत्ति समेत अर्कोले प्रयोग गर्न पाउने सिद्धान्तलाई हामीले सुविधाभार संगसंगै सर्भिच्यूडस् नामाकरण गरेर मुलुकी देवानी संहितामा
राखेका छौं ।
निकास सहित घरजग्गा विक्रीः
घरजग्गा विक्री गर्दा दुबै पक्षलाई बाटो वा निकासको व्यवस्था नगरी घरजग्गा हस्तान्तरण गर्न हुँदैन । अर्थात त्यस्तो घरजग्गाको निकास बन्द हुनुहुँदैन । निकास नभएको भए खोलेर मात्र विक्री विक्री गर्नु पर्दछ ।
खेती गर्न बाटो निकासः
कसैलाई आफ्नो जग्गामा खेती गर्न जान, जोतबाहका लागि गोरु वा टेक्टर लानका लागि निकास रहेनछ भने सो लैजाने बाटो जग्गाधनीले दिनुपर्दछ । तर घरकम्पाउण्डबाट दिनु पर्नेछैन । त्यसरी बाटो निकास प्रयोग गर्नेले जग्गा धनीको बाली वा सम्पत्ति नोक्सान नहुने गरी गर्नुपर्दछ ।
विक्रीले असर नगर्नेः
कसैले आफ्नो नाउँमा रहेको सम्पत्तिबाट परम्परादेखि प्रयोग गर्दै आएको बाटो निकास सो जग्गाको विक्री गर्दैमा वा खरिद गर्दैमा निकास बन्द गर्न पाईदैन । सो जग्गामाथि रहेको सुविधाभार कायमै रहन्छ । वैकल्पिक सुविधार नभएको अवस्थामा अंशबण्डाले पनि बाटो निकास बन्द गर्दैन ।
मुलुकी ऐनमा व्यवस्थाः
मुलुकी ऐनमा यी व्यवस्था नभएका भने होइनन् । १६५ बर्षको अनुभवबाट
खारिएको कानुनमा यी व्यवस्था थिए । थप गर्न सकिने अवस्था पनि थिए । अमेरिकी कानुन अर्थात महाद्विपीय कानुनका शब्दाबली नेपाली कानुनमा प्रवेश गराउने आषयको प्रभावमा परेर प्रवेश गराइएको मान्न सकिन्छ ।
निष्कर्षः
लिखित संविधान नभएको देश बेलायतको सन्दर्भमा नेपाली मौलिकता बोकेको मुलुकी ऐनको विस्थापनले नेपाली मौलिकता र पहिचान लज्जित भएको छ ।