दमौली÷समुदाय प्रहरी साझेदारी अवधारणा अन्र्तगत आइतवार व्यास नगरपालिका वडा नं ३मा समुदाय प्रहरी वडा समिति गठन भएको छ ।
समितिमा वडाध्यक्ष प्रेम कुमार श्रेष्ठ संयोजक, जिल्ला प्रहरी कार्यालयका समुदाय सम्पर्क प्रहरी सह संयोजक तोकिएको छ । त्यस्तै समितिका सदस्यहरुमा वडा सदस्यहरु रबिन पौडेल र श्रीमाया वि.क., वडा सचिव पम्फा वस्नेत, समुदाय सम्पर्क प्रहरी सदस्य सचिव, सामुदायिक प्रहरी सेवा केन्द्र सदस्य चयन भएका छन् । त्यस्तै अन्य सदस्यहरुमा सुदिप काफ्ले, विनु श्रेष्ठ, केशकुमारी राना काशि, देवि रानाभाट, ओम बहादुर थापा र पार्वति सुयेल चयन भएका छन् । त्यस्तै सदस्य सचिवमा प्र.नि कृष्णा वस्याल चयन भएको वडा सदस्य रविन पौडेलले तनहूँ आवाजलाई जानकारी दिए ।