
म्याग्दे/गाउँपालिकाले व्यक्तिगत घटना दर्ता सम्बन्धी सप्ताहव्यापी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । म्याग्देबाट वी वी श्रेष्ठले दिएको जानकारी अनुसार पालिकाको वडा नं. ३ र ६ मा केन्द्रित कार्यक्रम सम्पन्न भएको हो ।
म्याग्दे गाँउपालिका वडा नं ३ र ६ नं वडाका लागि आयोजित व्यक्तिगत घटना दर्ता सप्ताह सम्वन्धि अभिमुखीकरण कार्यक्रम पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरले उद्घाटन गर्नुभएको थियो ।
नेपाल सरकारको वार्षिक कार्यक्रम अन्र्तगत संचालन गरिएको अभिमुखीकरण कार्यक्रममा जन्म, मृत्यृ, विवाह, वसाई सराई, सम्वन्ध विच्छेदको वारेमा प्रक्रिया र कानुनका विषयमा सहभागिहरुलाई जानकारी गराईएको थियो । वडाका टोलको अध्यक्ष, उपाध्यक्ष र सचिव, आमा समुह लाई व्यक्तिगत घटना दर्ताको वारेमा जानकारी दिईएको थियो ।
कार्यक्रमको प्रमुख अतिथी पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले व्यक्तिगत घटना नागरिकको नैसर्गिक अधिकार भएको हुदाँ सरकारले नागरिकलाई पुर्ण रुपमा सेवा दिईने वताए । घटना दर्ता प्रक्रियाका सम्वन्धमा हुने कठिनाईलाई सहज गराउने उद्येश्यका साथ अभिमुखीकरण कार्यँक्रम गरिएको हुदाँ नागरिकको अधिकारमा राज्य र पालिका गम्भिर भएको वताए । व्यक्तिगत घटना दर्ता सप्ताहले नागरिकको अधिकारको उजागर गरेको हुदाँ यो सप्ताहव्यापी कार्यक्रममा सवैले सहयोग गर्नुपर्ने वताए । कार्यmक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत जित वहादुर रानाले कार्यक्रमको महत्व र उद्येश्य माथी धारणा राखेका थिए ।
कार्यक्रमको संचालन पालिकाका पन्जिकरण शाखाका प्रमुख एक कुमार श्रेष्ठले गरेका थिए । व्यक्तिगत घटना दर्ता सप्ताह वैशाख ७ गते सम्म चल्नेछ ।