
दमौली/नवौं राष्ट्रिय विज्ञान दिवसको अवसरमा सत्यवती मा.वि.मा विज्ञान र प्रविधिको उन्नत विकास, प्रकोप र महामारीबाट सहज निकास भन्ने शिर्षकमा बक्तृत्वकला प्रतियोगता सम्पन्न भएको छ ।
प्रतियोगितामा दिपा विक प्रथम, एलिना वाग्ले द्वितीय र सञ्जु रानाभाटले तृतीय स्थान प्राप्त गरेका थिए ।
कार्यक्रममा सत्यवती विज्ञान समूह कक्षा १२ मा अध्ययनरत छात्रछात्राहरुले विविध सास्कृतिक कार्यक्रमको आयोजना गरी कक्षा ११मा नयाँ भर्ना हुने छात्रछात्राहरुलाई विद्यालयमा स्वागत गरेका छन ।
कक्षा १२ का छात्रा उर्मिला बस्नेतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उदित पोख्रेल, रोज महरा र सलिना गहतराजले सञ्चालन गरेका थिए ।
सो कार्यक्रममा प्रमुख आतिथि व्यास २का वडाध्यक्ष एवं विद्यालयका विव्यस अध्यक्ष काशीराम श्रेष्ठ, प्रधानाध्यापक इन्द्रप्रसाद पौडेल, विव्यस सदस्य शुरेस वाग्ले, विज्ञान समूह संयोजक रुपक श्रेष्ठ, शिक्षक सुजन घिमिरे लगायतले शुभकामना व्यक्त गरेका थिए ।